शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

विश्वकपमा आज यी दुई खेल हुँदै, उत्रँदै नेयमार र मेस्सी मैदान !


  • शुक्रबार, मंसिर २३ २०७९
11.7K
SHARES

एजेन्सी – कतारमा जारी फिफा विश्वकपमा शुक्रबार (आज) देखि नकआउट चरणको बहुप्रतिक्षित क्वाटरफाइनलका खेलहरु हुँदै छ । क्वाटरफाइनलका दुई खेलहरु आज हुँदैछ ।

पहिलो क्वाटरफाइनलमा क्रोएसियाले ब्राजिलको सामना गर्नेछ । एजुकेशन सिटी रंगशालामा नेपाली समयअनुसार राति पौने बजेपछि हुनेछ ।

क्रोएसियासँग भिड्दै गर्दा ब्राजिल कीर्तिमानी छैटौं पटक विश्व च्याम्पियन बन्ने आफ्नो आशा जीवित राख्ने प्रयास गर्नेछ । अन्तिम १६ मा दक्षिण कोरियालाई ४–१ ले हराएर अघि बढेको ब्राजिल सोही जितको निरन्तरता दिन चहान्छ ।

गाब्रियल जेसस र एलेक्स टेलासलाई गुमाइसकेको ब्राजिल नेयमारको आगमनले टोलीको मनोवल बढेको छ । चोटका एलेक्स सान्ड्रोले खेल्ने सम्भावना न्युन छ । डानिलो, थियागो सिल्भा, मार्किन्हस, एडर मिलिसाओ, क्यासेमिरो, लुकास पाक्वेटा, राफिन्हा, भिनियस जुनियर र रिचार्लीसनले आक्रमण सम्हाल्ने सम्भावना छ ।

यस्तै, लगातार दोस्रोपटक र समग्रमा तेस्रोपटक क्वाटरफाइनलमा पुगेको क्रोएसिया पनि ब्राजिललाई स्तब्ध पार्दै लगातार दोस्रो पटक सेमिफाइनलमा पुग्ने लक्ष्य हुनेछ । अन्तिम १६ मा जापानलाई पेनाल्टी सुटआउटमा मुस्किलले हराएर क्रोएसियाले ब्राजिलसँगको भेट पक्का गरेको हो ।

जोडी बोर्ना सोसा र जोसिप स्टानिसिक ब्राजिलविरुद्धको खेलमा उपलब्ध हुनेछ । डालिकले आफ्नो सुरुवाती ११ मा धेरै परिवर्तन गर्ने सम्भावना छैन, मिडफिल्ड मास्टर्स लुका मोड्रिच, मार्सेलो ब्रोजोभिच र माटेओ कोभासिचले सुरुवातमै खेल्ने सम्भावना छ ।

आज हुने अर्काे खेलमा दुई पटकको च्याम्पियन अर्जेन्टिना र नेदरल्यान्ड्सबीच राति पौने बजे हुनेछ । यो खेल लुसेल आइकोनिक रंगशालामा हुनेछ । दुवै टोली जित निकाल्दै सेमिफाइनलमा पुग्ने लक्ष्यमा हुनेछ ।

नेदरल्यान्ड्सले अमेरिकालाई ३–१ ले तथा दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिनाले अष्ट्रेलियालाई २–१ ले हराएर अनितम आठमा भेट पक्का गरेको हो ।

कोडी गाक्पो, डेन्जेल डम्फ्रिज, मेम्फिस डिपाए र डेली ब्लिन्ड अर्जेन्टिनाविरुद्ध मुख्य हतियार हुनेछन् । यता, सात पटकको बालोन डि ओर विजेता लियोनेल मेस्सी निकै उच्च लयमा रहेको छ । दुई हेवीवेटको भिडन्तमा कसले जित निकाल्ने हो त्यो भने हेर्न बाकी छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा