शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

नायक बने क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोभिच, जापान बाहिरियो !


  • सोमबार, मंसिर १९ २०७९
6.6K
SHARES

कतार । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज जापान र क्रोएसियाको खेल सकिएको छ । निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउट पुग्यो ।

क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोभिच खेलको नायक बन्दै क्रोएसियालाई फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनलमा प्रवेश गराउन सफल भएका छन् । डोमिनिक लिभाकोभिचले टाइब्रेकरमा तीन पेनाल्टी विफल पार्दै खेलको नायक बनेका हुन् ।

टाइब्रेकरमा जापानलाई ३–१ ले हराउँदै क्रोएसिया अन्तिम ८ मा स्थान बनाउन सफल भयो । सोमबार अल जनौब रंगशालामा निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो । त्यसपछि अतिरिक्त ३० मिनेटमा गोल हुन नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो ।

जापानका लागि ताकुमी मिनामिनोको पहिलो प्रहार नै गोलरक्षक लिभाकोभिचले रोकिदिए । त्यसपछि निकोला भ्लासिचले गोल गर्दै क्रोएसियालाई अघि राखे । काअरु मितोमाको प्रहार पनि विफल पार्दै लिभाकोभिचले क्रोएसियालाई बलियो स्थितिमा पुर्याए ।

मार्सेलो ब्रोजोभिचले गोल गरेपछि ताकुमा असानोले पनि जापानका लागि गोल गरे । क्रोएसियाको लागि मार्को लिभाजाको प्रहार पोस्टमा लाग्दा जापानका माया योशिदाको पेनाल्टी लिभाकोभिचले विफल पारे । मारियो पासालिचले क्रोएसियाको चौथो प्रहारमा गोल गर्दै अन्तिम ८ मा स्थान पक्का गरे ।

निर्धारित ९० मिनेट बराबरीमा सकिएपछि अतिरिक्त समयमा दुवै टोलीे रक्षात्मक देखिए । न्यून अवसर सिर्जना भएको अतिरिक्त समयमा क्रोएसियाले केहि अवसर पाएको थियो ।

यस खेलको विजेता टोलीले क्वाटरफाइनलमा ब्राजिल र दक्षिण कोरियाको विजेतासँग खेल्नेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा