काठमाडौँ । कतारमा जारी फिफा विश्वकपमा अहिलो एसियाली टिम जापान र क्रोएसियाविच खेल भइरहेको छ । दुवै टिम अन्तिम ८ मा पुग्न कडा प्रतिस्पर्धा गरिरहेका छन् ।
यो खेल नेपाली समय अनुसार पौने ९ बजेबाट सुरु भएको छ । अहिलो पहिलो हाफ अन्तर्गतको खेल सकिएको छ । दुबै टिम दबावका साथ खेलिरहेका छन् ।
पहिलो हाफ खेलमा जापानका लागि दाइजेन माएदाले ४३ औँ मिनेटमा गोल गरेका छन् । यो गोलसंगै क्रोएसिया निकै दबाबमा परेको छ । जित्नकै लागि पनि क्रोसियाले बाकी समयको सदुपयोग गर्दै २ गोल गर्नु पर्ने पर्ने हुन्छ ।
विश्वकपमा जाइन्ट किलर तथा कमब्याक किङ रुपमा जापानलाई हेरिन्छ । अल जानोब स्टेडियममा क्रोएसियासँग खेल्दा अर्को प्रभावशाली नतिजा निकाल्ने लक्ष्यमा जापान मैदानमा उत्रिएको छ ।
हाजिमे मोरियासुको टोली दुई विश्व च्याम्पियन स्पेन र जर्मनी रहेको समूहबाट समूह विजेता बन्दै बनेको जापान क्रोएसियाविरुद्ध पनि सोही नतिजा निकाल्न चहान्छ ।
जापान विश्वकपमा दुई विश्व च्याम्पियन सन् २०१० (स्पेन) र २०१४ (जर्मनी) लाई हराउने टोली हो ।
यी दुई टिमले चौथोपटक आमने सामने रहेर प्रतिस्पर्धा गरिहरका छन् । पहिलोपल्ट सन् १९९७ मा किरिन जापान कपमा जापानले ४–३ को जित निकालेको थियो । १९९८ को विश्वकपमा क्रोएसियाले १–० को जित निकाल्दा २००६ मा विश्वकपमै गोलरहित बराबरी खेलेको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।