कतार । कतारमा जारी फिफा विश्वकपको गोल्डेन बुटको प्रमुख दाबेदार बनेका फ्रान्सका स्टार किलियन एमबाप्पेले बाकी खेल बारे प्रतिक्रिया दिएका छन् । उनले आफ्नो लक्ष्य व्यक्तिगत उपलब्धि भन्दा पनि विश्वकप जित्नु रहेको बताएका छन् ।
कतारमा जारी विश्वकप अन्तर्गत आइतबार पोल्याण्डलाई ३–१ ले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गर्दा एमबाप्पेले दुई गोल गरेका थिए ।
कतारमा उनी ५ गोल गर्दै सर्वाधिक गोलकर्ताको सूचीमा समेत शीर्ष स्थानमा छन् । अल थुमामा स्टेडियममा भएको खेलमा एमबाप्पेले ओलिभर जिरुडको गोलका लागि असिस्ट समेत गरेका थिए ।
‘मेरो एक मात्र उदेश्य भनेको विश्वकप जित्नु हो,’ एमबाप्पेले भने, ‘अब अर्को खेल क्वाटरफाइनल जित्नुपर्छ । सबैभन्दा महत्वपूर्ण कुरा भनेको मैले जे सपना देखेको छु र एक मात्र सपना विश्वकप जित्नु हो ।’
उनले आफू कतारमा उत्कृष्ट खेलाडी वा सर्वाधिक गोलकर्ताको अवार्ड जित्न नआएको र विश्वकप जित्न आएको समेत बताएका छन् । ‘म यहाँ विश्वकप जित्न आएको हुँ । म गोल्डेन बल वा गोल्डेन बुट जित्न यहाँ आएको होइन । यदी मेले व्यक्तिगत अवार्ड जितेमा निश्चय पनि म खुशी हुनेछु तर म त्यसको लागि यहाँ आएको होइन । म यहाँ फ्रान्स राष्ट्रिय टिमलाई सहयोग गर्न र जित्न आएको हुँ ।’
एमबाप्पेले अहिलेसम्म सबै कुराम राम्रो भइरहेको भन्दै अन्तिम लक्ष्य विश्वकप जित्नु नै रहेको दोहो¥याए । ‘अहिलेसम्म सबै ठिक छ तर हामी अन्तिम लक्ष्य भन्दा टाढा नै छौँ, जुन विश्वकप जित्नु हो । अब हामी क्वाटरफाइनलमा केन्द्रित हुनुपर्छ जुन अहिले सबैभन्दा महत्वपूर्ण छ ।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।