कतार । कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा अर्जेन्टिनाले अस्ट्रेलियासँग समान गर्दैछ । यो खेल नेपाली समयअनुसार शनिबार राति १२ः४५ मा सुरु हुनेछ । अहमद बिन अली स्टेडियममा हुने उक्त खेलमा दुवै टिम जित हात पार्दै क्वार्टरफाइनल पुग्ने लक्ष्यका साथ मैदान उत्रदै छन् ।
अर्जेन्टिना र अस्ट्रेलिया १५ वर्षपछि एकअर्कोको सामना गर्दैछन् । यी दुई टोलीले हालसम्म सात खेलमा एकअर्कोको सामना गरिसकेको छन् । जसमा अर्जेन्टिनाले पाँच र अस्ट्रेलियाले एक जित हात पारेको छ । यी दुई टोलीबीचको एक खेल भने बराबरीमा सकिएको छ ।
अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीले नकआउटमा अस्ट्रेलियालाई कमजोर नठान्ने बताएका छन् ।
‘अस्ट्रेलिया पनि राम्रो लयमा छ । हामीले अस्ट्रेलियाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्नुको विकल्प छैन । अस्ट्रेलियाविरुद्धको खेल निकै कठिन हुनेछ,’ मेस्सीले नकआउट म्याच खेल्नुअघि भनेका छन्, ‘कोहीले कसैलाई पनि हराउन सक्छ । विश्वकपमा सबै टिम समान छन् । हामीले सधैँ जस्तै राम्रो तरिकाले खेलको तयारी गर्नुपर्छ ।’
अगाडी उनेले भने, ‘हामी शान्त भएर खेल्नुपर्छ । यससँगै अब अर्को विश्वकप सुरु भएको छ । आशा छ हामीले लयलाई निरन्तरता दिन सक्नेछौँ ।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।