काठमाडौँ । प्रधानमन्त्री बन्छु भनेर बोल्दै हिँडेका नेपाली काग्रेसका महामन्त्री गगन कुमार थापा नेपाली कांग्रेस पार्टी भित्रै एक्लिदै गएका छन् । थापाले आफ्नै समूहको समेत साथ पाउन छाडेका छन् ।
नेपाली कांग्रेसको संस्थापन इतर पक्षको नेतृत्व गरिरहेका नेता डा. शेखर कोइरालाले गगन लक्षित कडा प्रतिक्रिया दिएका छन् । कसैले प्रधानमन्त्री बन्छु भनेर हिँडेर मात्रै केहि नहुने भन्दै कोइरालाले कसैले चाहना राख्दैमा प्रधानमन्नी बन्न नसक्ने जिकिर गरेका छन् ।
‘प्रधानमन्त्रीहुन कसैले चाहँदैमा मात्रै हुँदैन । संसदीय व्यवस्थामा नम्बर गेम पनि हुन्छ । पहिले संसदीय दलको नेता हुनुपर्यो नी ।’ कोइरालाले भने, ‘यसबारेमा हाम्रो पार्टीमा अहिलेसम्म कुरै भएको छैन । पहिले त यसमा हामी कुरा गर्छौ । सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र अरु नेतासँग पनि हामी कुरा गर्छौँ । त्यसपछि मात्रै दलको नेता र प्रधानमन्त्री को बन्ने निक्र्योल हुन्छ ।’
विराटनगर स्थित कोइराला निवासमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । कोइरालाले निर्वाचन भइसकेर नतिजा आइसकेको अवस्थामा अब यो वा त्यो भनेर अल्झिरहनुको अर्थ नरहने बताएका छन् ।
‘पार्लियामेन्ट्री पार्टीको लिडरसिपको लागि मुख्य नम्बर (सदस्य संख्या) गेम नै हो ।’ उनले अगाडि भने, ‘हामीले कोशिस गर्ने हो नम्बर पु¥याउन। नम्म्बर गेम लिन प्रयास गर्ने हो । तर, नम्बर पुगेन भने शिथिल भएर बस्ने होइन ।’
उनले कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताए पनि दलको नेता को बन्ने कुरा खुलाउन चाहेनन् । ‘नम्बरको गेम हुन्छ भन्ने कुरा तपाईंहरुले बुझ्नु भएको छैनरु,’ उनले भने,‘ कसको नम्बर के छ भनेर हेर्नु परेन ? तर नेता कोइरालाले कांग्रेसकै नेतृतवमा सररकार बनेर गठबन्धनका दलहरु साथै रहने पनि उल्लेख गरे । चुनाव भइसकेको छ । रिजल्ट आइसकेको छ। अब त हामी सबै क्लियर हुनुपर्योु, उनले भने, ‘गठबन्धनको सरकार बन्छ, कांग्रेस नेतृत्वमै गठबन्धन बन्छ। माओवादी केन्द्र र एकीकृत समाजवादीहरु हामीसँगै हुन्छन् ।’
कोइरालाले मुलुकको समृद्धिका लागि सुशासन र भ्रष्टाचार न्यूनीकरण गर्न अत्यन्त जरुरी पनि बताएका छन् । कोइरालाले मङ्सिर ४ गतेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन निष्पक्ष, धाँधलीरहित रुपमा सम्पन्न भएको बताए। उनले लोकतन्त्रको संरक्षणका लागि मतदाताले कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाएको पनि जिकिर गरे।
नेपाली काग्रेस भित्र प्रधानमन्त्रीका आकांक्षीहरु धेरै भएका बेला शेखर कोइरालाको अर्थपुर्ण अभिव्यक्ति बाहिर आएको हो । कोइराला स्वयं पनि प्रधानमन्त्रीको दावेदार रहेका छन् । गगन थापाले चुनाव अघिनै आफुलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा प्रस्तुत गरिरहेका छन् ।