९ फागुन, काठमाडौँ ।
त्रिवि शिक्षाशास्त्रका सहायक डिन बबालाल साहमाथि नेकपाका विद्यार्थी संगठन निकट विद्याथीहरुले कालोमोसो दलेका छन् ।
साहले ट्रान्सकिप्ट बनाउन आएकी एक युवतीलाई जबर्जस्ति यौन दुराचार गर्न खोजेको भन्दै नेकपानिकट अखिल (क्रान्तिकारी) र अनेरास्ववियूका विद्याथीहरुले कालो मोसो दलेका हुन् ।
सहायक डिन साहलाई कालोमोसो दलेलगत्तै विद्यार्थीहरुले प्रहरीलाई जिम्मा लगाएका छन् । साह अहिले प्रहरी नियन्त्रणमा रहेका छन् ।
सो घटनालगत्तै साहलाई त्रिविले निलम्बन गरेको छ । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बुधबार बसेको आकस्मिक बैठकले निलम्बन साहलाई गरेको हो ।
साहले विश्वविद्यालयको मान, प्रतिष्ठा र गरिमा घटाउने अत्यन्त अनुशासनहिन तथा निन्दनीय कार्य गरेको स्पष्ट पार्दै निलम्बन गरिएको त्रिविले जनाएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।