शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

कमालको जित निकाल्दै मोरक्कोले उछिन्यो क्रोएसियालाई, बाहिरियो बेल्जियम !


  • बिहिबार, मंसिर १५ २०७९
8.6K
SHARES

१५ मंसिर, काठमाडौं ।

समूहको अन्तिम खेलमा बिहीबार क्यानडालाई पराजित गर्दै मोरक्को समूह एफको विजेता बनेर कतारमा जारी फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ ।

साविक उपविजेता क्रोएसिया, बेल्जियम जस्ता टिम रहेको समूह एफमा अपराजित रहँदै मोरक्कोले ७ अंक जोड्यो ।

बिहिबार अल थुमामा रंगशालामा क्यानाडालाई २–१ गोलको नतिजमा पाराजित गर्दै मोरक्को समूह विजेता बन्दै नकआउट चरण प्रवेश गरेको हो ।

खेलको चौथो मिनेटमा हाकिम जियचले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए । यूसेफ इन नेसयारीले २३औं मिनेटमा गोल गर्दै मोरक्कोको अग्रता दोब्बर पारे ।

मोरक्कोका डिफेन्डर नाइफ एजुइर्डले ४०औं मिनेटमा आत्माघाती गोल गर्दा क्यानाडाले खेल १–२ को स्थितिमा पुर्याएको थियो ।

पहिलो हाफमा २–१ को नतिजमा सकिएको खेलको निर्धारित समयसम्म पनि थप गोल हुन नसक्दा मोरक्को क्यानाडालाई हराउँदै विश्वकप इतिहासमा दोस्रो पटक अन्तिम १६ पुग्न सफल भयो । यसअघि सन् १९८६मा अन्तिम १६ पुगेको थियो ।

अर्को खेलमा सविक उपविजेता क्रोएसिया बेल्जियमसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ ।
अहमेद बिन अली रंगशालमा सम्पन्न खेलमा बेल्जियम सँग अंक बाडेको क्रोएसिया समूह उपविजेताको रुपमा अन्तिम १६ प्रवेश गरेको छ ।
यस्तै, बेल्जियम भने समूह चरण बाटै बहिरिएको छ ।

पहिलो खेलमा क्रोएसियासँग गोलरहित बराबरी खेलेको मोरक्कोले दोस्रो खेलमा बेल्जियमलाई २–० गोलको नतिजमा पराजित गर्यो । तेस्रो खेलमा क्यानाडालाई हराउँदै ७ अंकका साथ तालिका को शिर्ष स्थानमा रहेर मोरक्को नकआउट चरण प्रवेश गरेको हो ।

मोरक्कोले अन्तिम १६मा समूह ‘ई’ को उपविजेता सँग प्रतिस्पर्धा गर्नेछ ।

यस्तै, पहिलो खेलमा मोरक्को र अन्तिम खेलमा बेल्जियमसँग अंक बाँडेको क्रोएसिया दोस्रो खेलमा क्यानाडालाई हराउँदै ५ अंक जोडेर दोस्रो स्थामा रहन सफल भयो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा