चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रबि लामिछानेले चितवन क्षेत्र नम्बर २ मा अग्रता लिएका छन् । दोश्रो स्थानबाट रहेका लामिछानेले कमालको परिणाम ल्याउँदै पहिलो स्थानमा उक्लिएका छन् ।
पछिल्लो मत गणनामा रास्वपाका सभापति लामिछानेले ४ हजार ७ मत प्राप्त गरेका छन् । एमालेका कृष्णभक्त पोखरेलले ३ हजार ८ सय ७९ मत प्राप्त गरेका छन् । भने नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले ३ हजार ४ सय १० मत प्राप्त गरेका छन् ।
इच्छाकामना गाउँपालिकाको मत गणना हुँदासम्म पछि परेका रबि लामिछानेले शहर क्षेत्रको गणना सुरु गरेसंगै अग्रता लिएका छन् ।
रबि लामिछानेले अग्रता कायम गरेसंगै सामाजिक सञ्जालमा चासोका साथ परिणामको प्रतीक्षामा रहेका आम सुवेच्छुकहरुले खुसी व्यक्त गरिरहेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।