शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

गगन थापाले मारे बाजी, निकाले कमालको नतिजा


  • मंगलबार, मंसिर ६ २०७९
6.1K
SHARES

फाइल तस्विर

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ४ बाट गगन थापा विजयी भएका छन् । सुरुवाती चरणदेखि नै अग्रता कायम गर्दै नेपाली कांग्रेसका महामन्त्री थापा विजयी भएका हुन् ।

काठमाडौँ क्षेत्र नम्बर ४ मा बूढानीलकण्ठ नगरपालिकाको ८ वटा र काठमाडौँ महानगरको ४ वटा गरी जम्मा ८ वटा वडा रहेका छन् । बूढानीलकण्ठका १, २, ८, ९, १०, ११, १२ र १३ र महानगरका १, ७, ८ र ३० पर्दछन् । जसको महानगरको वडा नम्बर ३० को मत गन्न नै वाकी छ । तर पनि मतान्तरका कारण थापा विजयी भइसकेको छन् ।

११ वटा वडा मत गणना हुँदासम्म गगन थापाले १९ हजार १४ मत प्राप्त गरेका छन् । नेकपा ९एमाले० का उम्मेदवार राजन भट्टराई १३ हजार २३ मत प्राप्त गरेका छन् । जसमा ५ हजार ९ सय ९१ मतको फरकमा थापाले अग्रता दिएका छन् ।

अब वडा नम्बर ३० को मत गणना हुन वाकी छ । जसमा ४ हजार ८ सय ८१ मत खसेको छ । निकटतम प्रतिद्धन्दी राजन भट्टराईसंगको मतान्तर बढी भएका कारण थापा वडा नम्बर ३० गणना नगरी विजयी भइसकेका हुन् ।

चुनावपछिको प्रधानमन्त्रीको घोषणा गरेका थापालाई आगामी बाटो खुलेको छ । अघिल्लो २०७४ सालको निर्वाचनभन्दा झन्डै दोब्बर मतान्तरले विजयी हुने आकलन गरिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा