ललितपुर। ललितपुर निवाचन क्षेत्र नं. २ मा नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जन विजयी बनेका छन् । मतगणनाको अन्मित मतपरिणामअनुसार महर्जन १९७३४ मतसहित निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाल पार्टीका उम्मेदवार सुदिन शाक्यले १०४४० मत ल्याएका छन् । मतगणना सम्पन्न भएपनि आधिकारिक घोषणा हुन बाँकी रहेको मुख्य निर्वाचन अधिकृत बालकृष्ण निरौलाले जानकारी दिए ।
यो पनि पढ्नुहोस्,
काठमाडौं–३ मा कांग्रेसका सन्तोष चालिसेले लिए अग्रता
काठमाडौं क्षेत्र नम्बर ३ मा नेकपा एमालेलाई पछि पार्दै नेपाली कांग्रेसले अग्रता लिएको छ । यसअघिसम्म अग्रता लिइरहेका एमालेका कृष्णबहादुर राईलाई पछिल्लो मत परिणाम अनुसार कांग्रेसका सन्तोष चालिसेले पछाडि पारेका छन् ।
चालिसेले २,५६७ मत ल्याउँदा राईले २२३५ मत पाएका छन् । उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका दुर्गाविक्रम थापाले ९४५ मत ल्याएका छन् । २०७४ सालमा यो क्षेत्रबाट एमालेका राई नै निर्वाचित भएका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।