शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

सिस्टम ह्याक गरेर कृषि विकास बैंकबाट १ करोड ५६ लाख चोरियो


  • बुधबार, असोज ८ २०७६
35K
SHARES

कृषि विकास बैंकको १ करोड ५६ लाख रुपैयाँ चोरी भएको छ । ह्याकरको समूहले सिस्टम ह्याक गरेर रकम चोरी गरेको हो ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले कृषि विकास बैंककाे लहान शाखाबाट नौलो तरिकाले रकम लुटिएको पुष्टि गरे ।

यसअघि एटीएम र स्विफ्ट ह्याक गरी रकम चोरी भएको थियो । तर, कृषि विकास बैंकमा भने योभन्दा फरक तरिकाले रकम चोरी भएको पाइएको निरौलाले बताए ।

‘प्रारम्भिक अनुसन्धानमा १ करोड ५६ लाख देखिएको छ, बाँकी हामी अनुसन्धानमै छौं’, प्रवक्ता निरौलाले भने, ‘विगतमा भएको ह्याकिङ प्रकरणभन्दा यो नयाँ हो ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा