नेपाली काँग्रेसका नेता तथा नवलपरासी बर्दघाट सुस्ता पूर्व अर्थात् नवलपुर १ का काँग्रेस उम्मेदवार शशांक कोइरालाले आगामी निर्वाचन पछि मुलुक र पार्टीको नेतृत्व आफूले गर्ने दाबी गरेका छन् । एक सञ्चार गृह सँग कुराकानी गर्ने क्रममा उनले आगामी निर्वाचन पछि मुलुकको नेतृत्व आफूले गर्ने दाबी गरेका हुन् ।
नेता कोइरालाले मुलुक समुन्नत बताउने योजना अफुसंग भएको समेत प्रस्ट पारेका छन् । पार्टी सभापति शेर बहादुर देउवाले नेतृत्व आफूलाई छोड्ने समेत उनको दाबी छ । काँग्रेस पार्टी भित्र धेरै प्रधानमन्त्रीका आकाङ्क्षी भए पनि आफू योग्य भएको उनको ठहर छ ।
पार्टीलाई मिलाएर लैजाने र पार्टीलाई एक ढिक्का बनाएर गुट उपगुटहरूलाई समाप्त पार्दै मुलुकको नेतृत्व लिने उनको दाबी छ । काँग्रेस महामन्त्री गगन थापालाई लक्षित गर्दै उनले प्रधानमन्त्री बन्नका लागि गगनले पर्खनु पर्ने समेत बताएका छन् ।
पार्टी भित्र धेरै नेताहरूले प्रधानमन्त्री बन्ने आकाङ्क्षा गरे पनि नेतृत्व आफूले गर्ने उनको ठहर छ । आफ्नो निर्वाचन क्षेत्रमा सहजै चुनाव जित्ने जनताले अपार माया गरेको समेत उनको दाबी छ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।