शनिबार, साउन ९ २०८३
ताजा अपडेट

गत वर्ष उत्कृष्ट कर्मचारी पुरस्कार, यो वर्ष ६० हजार घूससहित पक्राउ


  • बुधबार, फाल्गुन ८ २०७५
32.3K
SHARES

महेन्द्रनगर – कञ्चनपुरको बेलौरी नगरको प्रथम नगरसभाको उद्घाटन सत्रमा बेलौरी नगरपालिकाको योजना शाखा प्रमुख हृदयराज बजगाईंले उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित गरिएको थियो । न्यूनतम शर्त तथा कार्य सम्पादन मापनमा बेलौरी नगरपालिकालाई सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै योजना शाखा प्रमुख इन्जिनियर बजागाईंलाई सम्मानपत्र र दोसल्लासहित सम्मानित गरिएको थियो । यो समाचार आजको नेपाल समाचारपत्रमा मनोज भट्टले लेखेका छन् ।

तर उक्त सम्मान पाएको एक वर्षमै उनी ६० हजार घुससहित रंगेहात पक्राउ परेका छन् । कञ्चनपुरको बेलौरी नगरपालिकाका सबइन्जिनियर बजगाईंलाई ६० हजार घूससहित रंगेहात अख्तियारले पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरले बजगाईंलाई नगद ६० हजार घूससहित आइतबार पक्राउ गरेको थियो ।

कल्भर्ट निर्माणको अन्तिम बिलमा सेवाग्राहीबाट ६० हजार रकम घूस लिइरहेका अवस्थामा पक्राउ परेका हुन् ।

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा