शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

भटाभट उम्मेदवारी खारेज गरिरहेको निर्वाचन आयोगले सूर्य थापामाथि लियो यस्तो एक्सन !


  • आइतबार, कार्तिक १३ २०७९
10.1K
SHARES

फाइल तस्विर

काठमाडौँ । निर्वाचन आयोग एक्सनमा उत्रँदै नेकपा (एमाले) का प्रतिनिधिसभा सदस्य उम्मेदवार सूर्य थापालाई स्पष्टीकरण सोधेको छ ।

बालबालिकालाई चुनाव प्रचार प्रसारमा उतारेको भन्दै प्युठान जिल्लाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका थापालाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको हो ।

निर्वाचन प्रचारप्रसारका लागि बालबालिकाको प्रयोग गरेको श्रव्यदृश्य सामग्री आयोगमा प्राप्त भएकाले आयोगले स्पष्टीकरण साधेको हो।

निर्वाचन आचारसंहिता, २०७९ को दफा १३, राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नु पर्ने आचरण अन्तर्गत उपदफा (१)को खण्ड (ट)मा ‘निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने’ व्यवस्था रहेकोमा उम्मेदवार थापाले आफ्नो निर्वाचन प्रचारप्रसारको लागि बालबालिकाको प्रयोग गरेको कार्य निर्वाचन आचारसंहिताको उल्लेखित दफा १३ को उपदफा (१) को खण्ड (ट) को प्रतिकूल रहेको ठहर गर्दै उनलाई स्पष्टीकरण सोधिएको आयोगले स्पष्ट पारेको छ।

थापा एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट मानिन्छन्। ओली प्रधानमन्त्री हुँदा उनी प्रेस सल्लाहकार थिए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा