शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

गगनलाई निर्वाचन अयोगले लियो एक्सन !


  • शनिबार, कार्तिक १२ २०७९
9K
SHARES

फाइल तस्विर

काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री समेत रहेका काठमाडौँ क्षेत्र नम्बर ४ का प्रत्यक्ष तर्फका गठबन्धनका साझा उम्मेदवार गगन थापाले लगातार निर्वाचन आचार संहिता उलंघन गरे पछि निर्वाचन आयोगले एक्सन लिएको छ ।

थापालाई निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उलघंन गरेको विषयमा दोस्रो पटक स्पष्टिकरण सोधेको छ । निर्वाचन आयोगले पहिलो पटक सोधेको स्पष्टिकरणलाई थापाले सार्वजनिक रुपमै निर्वाचन आयोगलाई च्यालेन्ज गर्दै नियम तोडिरहने बताएका थिए ।

थापाले देश फैलिएको डेंगी संकटविरुद्ध अभियान चलाउने भनेर सार्वजनिक रुपमाा दिएको अभिव्यक्तिसहितको अडियोरभिडिओ फेला परेपछि दोस्रो स्पष्टीकरण सोधिएको हो।यसअघि आयोगले डेंगीबारे नै दिएको अभिव्यक्तिलाई लिएर गत कात्तिक ६ गते थापालाई पहिलो पटक स्पष्टीकरण सोधेको थियो। उनले त्यसको जवाफ दुई दिनपछि निर्वाचन आयोगमा पठाएका थिए। पहिलो स्पष्टीकरणको जवाफ आएको केही दिनमै डेंगीलाई लिएर अर्को अभिव्यक्ति दिएपछि थापालाई दोस्रो स्पष्टीकरणका लागि पत्र पठाइएको हो।

लामखुट्टेको टोकाइबाट फैलिने डेंगी महामारी नियन्त्रणका लागि कार्यक्रम या अभियान चलाउन परे आयोगको सहमति चाहिने जनाएको छ। निर्वाचन आचारसंहिता लागिसकेकाले उम्मेदवार र दलहरुले त्यस्ता कार्यक्रम आफूखुसी ल्याउन नपाउने कानुनी व्यवस्था छ।

‘निर्वाचनको सम्मुखमा तपाईंले अभियान चलाउँछु भनेजस्तै अन्य उम्मेदवारले पनि वक्तव्य दिँदै हिँडेमा निर्वाचनको स्वच्छता र निष्पक्षतामा प्रतिकूल असर पर्छ, पर्दैन?, आयोगले थापालाई सोधेको छ, ‘किन जानीजानी निर्वाचन आचारसंहिता उल्लङ्घन गर्न उद्यत हुनुभएको हो?,’

निर्वाचनको सम्मुखमा तपाईँले अभियान चलाउँछु भने जस्तै अन्य उम्मेदवारले पनि वक्तव्य दिँदै हिँडेमा निर्वाचनको स्वच्छता र निष्पक्षतामा प्रतिकूल असर पर्छ, पर्दैनर?निर्वाचनका प्रक्रियाहरु अगाडि बढिसकेको तथा निर्वाचन आचारसंहिता लाग भइसकेको अवस्थामा विपद् तथा महामारी आईपरेमा सरकारले आयोगको सहमतिमा कार्यक्रमहरु ल्याउन सक्ने नै व्यवस्था रहेको हुँदा तपाईँ किन जानाजान रुपमा निर्वाचन आचारसंहिताको उल्लङ्गन गर्न उद्यत हुनुभएको हो ?आयोगले थापालाई सोधेको छ,

आयोगले यसपूर्व नै दल तथा सम्बद्ध पक्षलाई साठी बुँदे समेतका निर्देशन दिइसकेको अवस्थामा तपाईंले पनि उक्त विषयको जानकारी पाउने नै हुँदा निर्वाचन आचारसंहिताको उल्लङ्घनमा तपाईलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिमको कारवाही किन हुनु नपर्ने होर?

महामन्त्री थापाले यसअघि आफ्नो निर्वाचन क्षेत्रमा निस्शुल्का डेंगी परीक्षण तथा परामर्श लिएर आउने सन्देशसहितको विवरण सामाजिक सञ्जालमा हालेका थिए। ‘फेरि पनि काठमाडौं क्षेत्र नं। ४ का वासिन्दाको निम्ति निःशुल्क डेंगी परीक्षण तथा परामर्श सेवा लिएर तपाईंहरूको टोलमा आउँदैछौँ’, ‘डेंगीको बिरामी भई घरमै बस्नु भएकाहरूका लागि आवश्यक चिकित्सकीय परामर्श पनि उपलब्ध गराउने छौँ र तपाईंलाई डेंगीको परीक्षण र परामर्श आवश्यक भएमा मोबाइल नम्बर ९८६०३४०५८७ मा आफ्नो नाम, ठेगाना, सम्पर्क नम्बर एसएमएस गर्नु हुन अनुरोध छ।’

यसअघि कात्तिक ६ मा उक्त व्यहोराको ट्वीट गरिएको उजुरी प्राप्त भएकाले स्पष्टीकरण सोधेको आयोगले जनाएको थियो। त्यही कुरालाई लिएर थापाले फेरि अर्को अभिव्यक्ति दिएपछि आयोगले दोस्रो स्पष्टीकरण थापासँग सोधेको हो।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ४, सबैले पालना गर्नु पर्ने आचरण अन्तर्गत खण्ड (न) मा ‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ व्यवस्था छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा