शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

राप्रपाको मुख्य प्रतिस्पर्धी एमाले हो, अरु पार्टी हाम्रा प्रतिस्पर्धामा आउन सक्दैनन् : लिङ्देन


  • आइतबार, कार्तिक ६ २०७९
11.9K
SHARES

फाइल तस्विर

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाको मुख्य प्रतिस्पर्धी एमाले भएको बताएका छन् । नेकपा एमालेसँग तालमेल गरेर चुनावमा होमिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाको मुख्य प्रतिस्पर्धी एमाले रहेको बताएका हुन् ।

आइतबार काठमडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले राप्रपाको मुख्य प्रतिस्पर्धा नेकपा एमालेसँग हुने बताबताएका हुन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका पार्टीहरु एक सयभन्दा कम सिटमा खुम्चिसकेको भन्दै उनले एमाले नै राप्रपाको मुख्य प्रतिस्पर्धी भएको बताए ।

यो निर्वाचनमा राप्रपा अग्रणी पार्टी हुने जिकीर गर्दै उनले भने, ‘यसपटक राप्रपाको चुनावी प्रतिस्पर्धा नेकपा एमालेसँग भएको छ । अरु पार्टीहरुको त हिसाबकिताब नै छैन । उम्मेदवार नै सय कटाउन सकेका छैनन् । कांग्रेस, माओवादी भन्ने पार्टी त सय भन्दा तल छन् । कोही त ५० भन्दा तल छन् ।’

नेकपा एमालेको हाराहारीमा उम्मेदवारी दिनसक्ने पार्टी राप्रपा मात्रै भएको उनले बताए । उनले भने, ‘हिजो हामी ४ सिटमा उम्मेदवारी उठाएर हिँडेका थियौं, आज १४० सिटमा छ ।’

अध्यक्ष लिङ्देनले आगामी निर्वाचनमा राप्रपाको पक्षमा अप्रत्यासित परिणाम आउने दाबीसमेत गरे ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा