शनिबार, भाद्र २० २०८३
ताजा अपडेट

संखुवासभामा गठबन्धन दललाई स्वतन्त्र उम्मेदवार तेन्जिङ भोटियाको कडा टक्कर


  • बुधबार, कार्तिक २ २०७९
9.5K
SHARES

फाइल तस्विर

एक मात्र निर्वाचन क्षेत्र भएको संखुवासभामा स्वतन्त्र उम्मेदवार तेन्जिङ भोटिया हाबी भइरहेको स्थानीय मतदाताहरूले बताएका छन् । गठबन्धनको दललाई रोकेर इतिहास बनाउन लागि परेका तेन्जिङको पक्षमा सिङ्गो जिल्लाभरि माहौल बन्दै गइरहेको त्यहाँका मतदाताहरूले बताएका छन् ।

माछा चुनाव चिह्न पाएका स्वतन्त्र उम्मेदवार तेन्जिङ भोटिया जीतको निकै नजिक पुगेको स्थानीय युवाहरू लाक्पा आङ्जुक भोटे, सोनाम योन्जन, पिबा शेच्चा लगायतले बताएका छन् ।
विद्यालय सञ्चालक, समाजसेवी एवम् पत्रकार समेत रहेका तेन्जिङ भोटिया यस पटकको निर्वाचनमा युवाहरूको विशेष आकर्षण बनेका छन् । उनको योजना र व्यक्तित्वले सबैलाई प्रभाव पारिरहेको छ ।

३० वर्षका तेन्जिङ बौद्धिक व्यक्तित्व हुन । उनी लामो समयदेखि शिक्षा क्षेत्रमा कार्यरत छन् । विद्यावारिधि गरिरहेका भोटियालाई जिल्लाका अधिकांश युवा, विद्यार्थी, बौद्धिक व्यक्ति आदिले भरपुर सहयोग गरिरहेका छन् ।

गठबन्धनका उम्मेदवार काँग्रेसका दीपक खड्का र एमालेका राजेन्द्र गौतम दुवैको खरो प्रतिद्वन्द्वी बनेका तेन्जिङले यस पटक जनताले स्वार्थी उम्मेदवारलाई पाखा लगाउँदै आफूलाई विजयी गराउने दाबी गरेका छन् ।

गायन, लेखन एवम् वाक्पटुतामा समेत अब्बल तेन्जिङले भने, ‘यस पटक जनताले मलाई जिताएर सिङ्गो संखुवासभाको विकासको लागि पठाउने सुनिश्चित छ ।’

माछा निर्वाचन चिह्न पाएका तेन्जिङ यसपालि चुनाव जितेर जिल्लाको पहिलो कान्छो र पहिलो अल्पसङ्ख्यक समुदायबाट प्रतिनिधिसभा सदस्य बन्ने तयारीमा जुटेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा