शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

प्रचण्ड पत्नी अकस्मात अस्पताल भर्ना, कस्तो छ अवस्था ?


  • बुधबार, कार्तिक २ २०७९
10.1K
SHARES

फाइल तस्विर

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड की पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन् । प्रचण्डको सचिवालयका अनुसार सीताको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको जनाइएको छ ।

ललितपुरमा रहेको ललितपुरको मेडिसिटी अस्पतालमा मंगलबार सिता दाहाललाई भर्ना गरिएको हो ।

‘सीता म्याडमलाई समस्या भएपछि हिजो मेडिसिटी अस्पताल भर्ना गरिएको हो । अस्पताल ल्याउने लग्ने भई रहन्छ । नयाँ समस्या भएर होइन’ प्रचण्डको सचिवालयका एक सदस्यले बताए ।

प्रचण्ड पत्नी सीता दाहाल लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगबाट पिडित छिन् ।

सीता दाहालको स्वास्थ्यमा जटिल समस्या भएपछि पार्टीको कार्यक्रममा समेत प्रचण्ड जान पाएनन् । पार्टीको सम्पर्क समन्वय समितिले आयोजना गरेको कार्यक्रममा प्रचण्ड जाने भनिए पनि अन्तिम घडिमा स्थगित गरेका हुन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा