
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग लगाउने प्रक्रिया सुरु भएको छ ।
डेमोक्रेट्स सांसदहरुले राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग लगाउने प्रक्रिया सुरु गरेका हुन् ।
राष्ट्रपति ट्रम्पविरुद्ध युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेस्कीसँग एक जना नेतामाथि लागेको भ्रष्टाचारको मुद्धाको छानविन गर्न दवाव दिएको आरोप लगाएका छन् ।
तर उनीहरुको आरोपको राष्ट्रपति ट्रम्पले खण्डन गरेका छन् ।
राष्ट्रपति ट्रम्पले आफ्ना राजनीतिक प्रतिद्वन्द्वीका बारेमा युक्रेनका राष्ट्रपतिसँग छलफल भएपनि कुनै दवाव नदिएको ह्वाइट हाउसले जनाएको छ ।
ट्रम्पमाथि अमेरिकी संविधानको उल्लंघन गरेको आरोप लगाइएको छ । राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग लगाएर पदच्यूत गर्न रिपब्लिकन सांसदहरुको मत पनि आवश्वक पर्छ ।
अमेरिकामा अहिलेसम्म कुनै पनि राष्ट्रपतिलाई महाअभियोग लगाएर हटाइएको छैन ।
राष्ट्रपति ट्रम्पले भने महाअभियोग प्रक्रियामा जानुलाई राजनीतिक रुपमा सकारात्मक भएको प्रतिक्रिया दिएको बिबिसीले उल्लेख गरेको छ ।(एजेन्सी)
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।