शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

देउवाले मिनेन्द्र रिजाललाई टिकट नदिनुको खास कारण यस्तो पो रहेछ, यसरी खुल्यो पोल !


  • मंगलबार, असोज २५ २०७९
8K
SHARES

फाइल तस्विर

काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाललाई प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा सदस्यका लागि टिकट नदिनुको खास कारण सार्वजनिक भएको छ । रिजाल आफैले ट्विट गर्दै सभापति देउवाले टिकट नदिनुको खास कारण सार्वजनिक गरेका हुन् ।

रिजालले देउवालसंग पहिलेदेखि नै दरार रहेको समेत संकेत गरेका छन् । सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै रिजालले सभापतिसँगको मनमुटावकै कारण नै आफूलाई प्रतिनिधि सभाका लागि टिकटबाट बञ्चित गरिएको आसय प्रकट गरेका हुन् ।

रिजालले अर्थ समितिको संयोजकबाट दिएको राजीनामा पत्र र राजीनामा स्वीकृत गरिएको पत्र सार्वजनिक गर्दै आफूले टिकट नपाउनुको कारणसँग जोडेका छन्।

उनले भनेका छन्, ‘हाम्रो दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले मलाई प्रतिनिधि सभाको निर्वाचनमा किन उम्मेदवार बनाउनु भएन भनेर खोजी गर्दा उहाँ र मेराबीच २०७७ जेष्ठ र आश्विनका यी दुई पत्र फेला परे, पोष्ट गरेको छु।’

अर्थ समितिको संयोजक हुँदा देउवा बेखुसी भएको महशुस गर्दै रिजालले राजीनामा दिएका थिए। तर देउवाले आफू खुशी भएको भन्दै राजीनामा पत्र स्वीकृत गरेका थिए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा