काठमाडौँ । लायन्स क्लब अफ बूढानीलकण्ठ नेवा: पुच र लियो क्लब अफ काठमाडौँ क्रियटिभले संयुक्त रूपमा विद्याश्रमलाई खाद्यान्न सहयोग गरेको छ । आइतबार गोंगबु स्थित हिमालयन वृद्धाश्रम केन्द्र पुगी उक्त सहयोग गरेको हो ।
बूढानीलकण्ठ नेवा: पुच तथा काठमाडौँ क्रियटिभ टिम पुगी ज्येष्ठ नागरिकका लागि आवश्यक खाद्यान्न सहयोग गरेको हो । जसलाई नेवा: का चार्टर प्रेसिडेन्ट श्रीकृष्ण श्रेष्ठ (आयन) र काठमाडौँ क्रियटिभका प्रेसिडेन्ट निशान रिजालले नेतृत्व गरेको थिए ।

चाडबाडको शुभकामना आदान पनि होस् र ज्येष्ठ नागरिकसँग आशीर्वाद पनि लिऔँ भनेर हाम्रो टिम हिमालयन वृद्धाश्रम केन्द्र जाने निधो गर्यौ र सोही अवसरमा आफ्नो तर्फबाट केही सहयोग पनि गरौँ भनेर केही खाद्यान्न सामाग्री सहित पुगेका हौँ, चार्टर प्रेसिडेन्ट श्रेष्ठले बताए । श्रेष्ठ भन्छन्, हिमालयन वृद्धाश्रम केन्द्र परिवारसँग शुभकामना आदान प्रदान गर्यौ । कार्यक्रम छोटो समय रहे पनि अविष्मरणिय भएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।