शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

टिकट खोसिएपछि तनावमा भीम रावल, दिए यस्तो प्रतिक्रिया !


  • शुक्रबार, असोज २१ २०७९
9.8K
SHARES

तस्विरः फाइल

काठमाडौँ – नेकपा एमालेका नेता भीम रावलको टिकट खोसिएपछि तनावमा छन् । अछाम १ बाट प्रतिनिधिसभाका आकांक्षी रावलको टिकट खोसेर एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वमाओवादी नेतालाई टिकट दिएका छन् ।

टिकट खोसिएपछि रावलले कसले टिकट पाएको हो ? आफूले आधिकारिक बुझिरहेको बताए । उनले अछाम १ मा कसले टिकट पायो भन्ने आधिकारिकता पुष्टि नभएसम्म कुनै प्रतिक्रिया नदिने पनि बताए ।

रावलको निर्वाचन क्षेत्रमा एमालेले माओवादीबाट एमाले प्रवेश गरेका झपट बोहोरालाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको छ । एमालेले रावलको निर्वाचन क्षेत्रसहित सुदूरपश्चिमका प्रतिनिधि सभातर्फका सबै (१५) निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ ।

‘म पनि सञ्चारमाध्यमहरू हेर्दैछु । आधिकारिकता के हो भन्ने बुझ्दैछु’, रावलले भने, ‘वास्तविकता के हो भन्ने पुष्टि भएपछि मात्रै मैले बोल्नुपर्ने कुरा बोल्छु ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा