शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

केपी ओली जाने भएपछि विद्यालय नै बन्द !


  • शनिबार, असोज १ २०७९
5.7K
SHARES

फाइल तस्विर

काठमाडौँ । गोलबजार नगरपालिका वडा नम्वर ८ मा रहेको जनता नमूना माध्यमिक विद्यालयको पठनपाठन राजनीतिक आमसभाका लागि बन्द गरिएको छ ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी हुने कार्यक्रमका लागि विद्यालयको पठनपाठन नै ठप्प पारिएको हो ।

कक्षा १२ सम्म पढाइ हुने यस विद्यालय परिसरमा शुक्रबार एमालेले पार्टी प्रवेश तथा आमसभा आयोजना गरेको छ । कार्यक्रमका कारण विद्यालयमा अध्ययनरत विद्यार्थी पठनपाठनबाट वञ्चित भएका छन् भने यसबारे विद्यालयले भने कुनै प्रतिक्रिया दिन चाहेन ।

कक्षा १२ सम्म कक्षा सञ्चालन भइरहेको यस विद्यालय परिसरमा शुक्रवार नेकपा एमाले जिल्ला कमिटीले पार्टी प्रवेश तथा आमसभा आयोजना गरेको छ । जसका कारण यस विद्यालयमा अध्ययनरत विद्यार्थी शुक्रवार पठनपाठनबाट वञ्चित भएका छन् । विद्यालय बन्द गरिएकोबारे व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकले भने कुनै प्रतिक्रिया दिन चाहेनन् ।

यस्तै, अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सांसदलाई बिदाइ गरेका छन्। शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले सांसदहरूलाई बिदाइ गरेका हुन्। उनले सांसदहरूलाई ४ मंसिरमा हुने निर्वाचनमा लाग्न निर्देशनसमेत दिए।

२ असोजमा समानुपातिकको बन्दसूची बुझाउने कार्यतालिका भएकोले संसदको कार्यकाल सोही दिन सकिँदै छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा