शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

कैलालीमा चट्याङ लागेर १५ भेडा मरे


  • मंगलबार, असोज ७ २०७६
17.3K
SHARES

कैलालीको जानकी गाउँपालिका–९ कटासेमा मंगलबार पानीसँगै परेको चट्याङ लागेर १५ भेडा मृत्यु भएको छ । पानी पर्न थालेपछि साजको रुखमा ओत लागेको अवस्थामा सोही रुखमा चट्याङ खस्दा भेडाको मृत्यु भएको अमरावती प्रहरी चौकीले जानकारी दिएको छ ।

जानकी गाउँपालिका–९ बक्लौवा शिविरका विपतराम चौधरीका भेडा जङ्गलमा चराउन लगिएको र पानी परेपछि कटासे पुल नजिकै साजको रुखमा भेडा ओत लागेका थिए । भेडा पालेर जीविका चलाएको चौधरीको परिवार सबै भेडा मरेपछि दुःखित छ । “व्यवसाय तथा व्यापारका नामामा यही भेडा पालन गरेको थिएँ”, विपतरामले भन्नुभयो, ‘‘म त बर्बाद भएँ, यही भेडाबाट मेरो घर चलेको थियो ।’’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा