शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

डेंगु रोकथामका लागि बालेनले आजै चाले यस्तो बोल्ड कदम, झनै जिते राजधानीवासीको मन !


  • शुक्रबार, भाद्र ३१ २०७९
8.2K
SHARES

फाइल तस्विर

काठमाडौं – काठमाडौं महानगरपालिकाले डेंगु संक्रमितका लागि स्वास्थ्य परामर्श दिन २४ घण्टे हटलाइन सुरु गरेको छ । संक्रमित भए वा भएको शंका लागेमा ११८० मा कल गरेर स्वास्थ्यकर्मीहरुसँग परामर्श लिन सक्ने व्यवस्था मिलाएको महानगरका मेयर बालेन साहले जानकारी दिएका छन् ।

उनले आवश्यक भएमा १०२ मा कल गरेर महानगरको निशुल्क एम्बुलेन्स सेवा लिन सक्ने पनि बताएका छन् । डेंगु जसरी समूदायमा फैलाएको छ, त्यसको रोकथाम र नियन्त्रणका लागि अत्याधिक सचेतना र क्रियाशीलताको आवश्यकता भएको भन्दै मेयर बालेनले डेंगु विरुद्धमा टोल टोल वा सामूदायीकरुपमा नै सक्रिय भएर लाग्न पनि अपिल गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्:

डेङ्गु जसरी समूदायमा फैलाएको छ, त्यसको रोकथाम र नियन्त्रणका लागि अत्याधिक सचेतना र क्रियाशीलताको आवश्यकता भएको कुरा हामी सबैले अनुभव गरेको कुरा हो ।

यसका लागि महानगर पहिलेदेखि नै महानगरस्तरमा सक्रिय रहेको जानकारी गराउँदछौँ । भइरहेका कार्यक्रमहरुलाई थप विस्तार गर्दै नयाँ कार्यक्रमहरु पनि ल्याएर स्रोत तथा जनशक्तिको अधिकतम प्रयोग गरिरहेका छौँ ।

डेङ्गु संक्रमितहरुका लागि आजबाट २४ घण्टे हटलाइन सुरु गरेका छौँ । संक्रमित भए वा भएको शंका लागेमा तपाईले 1180 मा कल गरेर स्वास्थ्यकर्मीहरुबाट नै परामर्श पाउन सक्नु हुनेछ ।

त्यस्तै आवश्यक भएमा 102 मा कल गरेर महानगरको निशुल्क एम्बुलेन्स सेवा लिन सक्नु हुनेछ ।

यो सँगै डेङ्गु विरुद्धमा टोल टोल वा सामूदायीकरुपमा नै सक्रिय भएर लाग्न पनि हामी हार्दिक अपिल गर्दछौँ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा