
नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले नेताहरुले मन्चबाट हात उठाएर हामि मिल्यौं भनेर मात्रै पार्टी भित्रको समस्या समाधान नहुने र गुटबन्दीको अन्त्य पनी नहुने बताएका छन् ।
उनले नेताहरुको कार्यशैलीमा परिबर्तन नआए सम्म पार्टी भित्रको तिक्तता नमेटिने बताएका छन् । डा. कोइरालाले बिभिन्न निर्वाचनको टिकट बितरणमा पार्टीबाट गल्ती र कमि कमजोरी भएको स्विकार गदै डा कोइरालाले अबका दिनमा कार्यकर्तामाथी कुनै पनी अन्याय हुन नदिने प्रतिबद्धता जनाएका छन् ।
नेपाली कांग्रेसको दोस्रो चरणको जागरण अभियानको समापन कार्यक्रमलाई नुवाकोटको बिदुरमा संबोधन गदै डा. कोइरालाले १४ औं महाधिवेशन पछी पार्टी भित्रको गुटबन्दी र भागबण्डाको राजनितीको अन्त्य हुने पनी बताए ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य बहादुरसिंह तामाङ्, नुवाकोट कांग्रेसका सभापति जगदिश्वर नरसिंह केसी, पूर्व सांसद डा. शोभाकर पराजुली, जागरण अभियानका लागि नुवाकोटका लागि खटिइएका प्रतिनीधीहरु शिबराज अधिकारी, डा. राजाराम कार्की, जीवन डङ्गोल, बिनिता अधिकारी, लगायतले मन्तब्य राखेका थिए।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।