
घुस काण्डमा मुछिएका कलंकी मालपोत कार्यालयका खरिदार रामहरि सुवेदीले झुण्डिएर आत्महत्या गरेका छन् ।
सुवेदीले सूर्यविनायक नगरपालिका–५ कटुञ्जेमा रहेको आफ्नै घरको भर्याङमा झुण्डिएर आत्महत्या गरेका हुन् । सुवेदी घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासत ४२ दिन बसेपछि गएको भदौ ३१ गते छुटेका थिए ।
कलंकी मालपोत कार्यालयमा रहँदा गएको असार महिनामा एक हजार रुपैयाँ लिँदै गरेको सीसी क्यामेराको दृश्यमा कैद भएको आधारमा आयोगले हिरासतमा राखेको बताइएको छ । सुवेदीका परिवारले भने अख्तियारले पटकपटक बयान लिँदा मानसिक तनावमा आएर उनले आत्महत्याको बाटो रोजेको आरोप लगाएका छन् ।
सेवाग्राहीले खुसी भएर एक हजार रुपैयाँ खाजा दिएको कुरालाई घुस भनेर आयोगले तनाव दिएका कारण मानसिक तनावमा आएर आत्महत्या गर्न बाध्य बनाएको मृतकका आफन्तको दाबी छ । मृतक सुवेदीको घरमा वृद्ध आमा, श्रीमती, एक छोरा र एक छोरी छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।