शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

गायक कमल खत्रीले गरे इन्गेजमेन्ट


  • आइतबार, भाद्र २६ २०७९
6K
SHARES

फाइल तस्विर

काठमाडौं । युवा पुस्ताहरु माझ चिरपरिचित बनेका गायक कमल खत्रीले इन्गेजमेन्ट गरेका छन् । खत्रीले गायिका मेलिना मैनालीले इन्गेजमेन्ट (टिकाटालो) गरेका हुन्।

आइतबार सामाजिक सञ्जालमार्फत तस्वीर सार्वजनिक गर्दै उनीहरुले आफूहरुबीच इन्गेजमेन्ट भएको जानकारी दिएका छन् ।

दुवै जनाले फेसबुक मार्फत भनेका छन्, ‘जीवनको नयाँ अध्यायको सुरुवात तिमीसँग हुनु नै मेरो जीवनको सुखद् पक्ष हो । चाहना यति छ कि साथ तिम्रो होस् र जीवन कहिले खतम नहोस् । जीवनको उतारचढावमा सदैव एकअर्काको साथमा रहने वाचा गर्दै हामीले रीतिरिवाज अनुसार इन्गेजमेन्ट गरेका छौं ।’

कमल र मेलिना केही समयदेखि प्रेम सम्बन्धमा थिए । कमल नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक तथा संगीतकार हुन् भने मेलिना मैनाली उदयीमान गायिका हुन् । उनी रियालिटी शो भ्वाइस अफ नेपालबाट चर्चामा आएकी हुन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा