शनिबार, साउन ९ २०८३
ताजा अपडेट

आकासियो मलेसियाको हवाइ भाडा


  • मंगलबार, असोज ७ २०७६
24.2K
SHARES

गएको सातादेखि कामका लागि मलेसिया जान नेपालीहरुलाई खुला भएपछि त्यसको पहिलो असर हवाइ भाडामा परेको छ। करिब डेढ वर्षदेखि रोजगारी बन्द हुँदा यो रुटमा एयरलाइन्सले उडान कटौती गरेका थिए।

उडान कटौती भएको अवस्थामा एकैपटक रोजगारी खुल्दा भाडा आकाशिएको छ।

रोजगारी बन्दा हुँदा एयर एसियाले काठमाडौं उडान बन्द गरेको थियो भने मालिन्दो र मलेसियन एयरले उडान कटौती गरेका थिए। नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले उडान जारी भएपछि भाडा आकाशिएको छ।

अहिले मलेसिया जान एकतर्फी ३५ हजारसम्म भाडा पुगेको छ।

एक महिनाअघिसम्म २० हजार रहेको भाडा अहिले बढेर ३५ पुगेको हो।

रोजगारी नियमित भएमा नयाँ एयरलाइन्स थपिने वा भएकैले उडान थप गरे भाडा घट्न सक्ने अनुमान गरिएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा