शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

सांसद पद त्यागेका राजेन्द्र लिङ्देनले गरे अर्को ठुलो घोषणा, हल्लियो बालकोट !


  • बुधबार, भाद्र २२ २०७९
10K
SHARES

फाइल तस्विर

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका एक्लो सांसद रहेका पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन सांसद पद त्यागे लगतै अर्को ठूलो घोषणा गरेका छन् । लिङ्देनले गरेको यस घोषणाले नेकपा एमाले मुख्यतः केपी ओली निवास बालकोट तरंगित बनेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष लिङ्देनले कसैसंग गठबन्धन नहुने बताएका हुन् । उनले आधारभूतरुपमा कसैसँग पनि गठबन्धन नहुने जिकिर गरेका छन् ।

राप्रपा बाँकेले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष लिङ्देनले आफ्नो पार्टीले आवश्यकताअनुसार जिल्ला तहमा अन्य दलसँग तालमेल गरेर जाने नीति लिएको उल्लेख गर्दै राष्ट्रियताका सवालमा नेकपा एमाले राप्रपासँग नजिक भएको बताए ।

उनले तालमेलबाट बढी सिट ल्याउनेभन्दा पनि जनतासँगको सम्बन्धबाट नै बढी सिट ल्याउने अपेक्षा रहेको कुरामा स्पष्ट गरे । चुनाव घोषणा भएपछि सबै समान ढङ्गले चुनाव लड्नुपर्नेमा जोड दिँदै उहाँले अहिलेको संसद् विघटन गर्न माग गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका एक्लो सांसद रहेका पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आइतवार अब संसद्मा नफर्कने भन्दै आफ्नो अन्तिम सम्बोधन गरेको बताएका थिए।

उनले यस प्रकारको अनैतिक काममा सहभागी हुन कमसेकम मेरो आत्माले मानेन भन्दै आफ्नो तलबभत्ता समेत नपठाउन सभामुखलाई भनेका थिए ।
निर्वाचन घोषणा भइसकेपछि संसद् जीवित भइराख्नु उपयुक्त नहुने आफ्नो दलको धारणा रहेको राप्रपाका लिङ्देनले बताएका थिए ।
‘संसद्को आयु मङ्सिर ४ गतेपछि पनि कायम राख्ने भन्ने ढङ्गको निर्णय गर्ने प्रक्रियाहरू प्रारम्भ भएका छन् त्यसले मलाई असाध्यै लज्जित र दुखित तुल्यायो ।’ उनले भने ।

उनले आइतवारबाट सांसदको रूपमा उपस्थित नहुने भन्दै सभामुखलाई आफ्नो नाममा पठाइने तलब, भत्ता, सुविधा समेत रोक्का गरियोस् भनेका थिए । तर उनले संसद्मा ’सबै कुरा त्याग गर्ने’ बताए तापनि राजीनामा शब्द भने प्रयोग गरेका थिएनन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा