शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

मेयर बालेनले काठमाडौँको जात्रा हेर्न विदेशी बोलाउने, झनै पलायो नयाँ आशा !


  • बुधबार, भाद्र २२ २०७९
11.2K
SHARES

फाइल तस्विर

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले यो वर्षदेखि इन्द्र जात्रालाई विश्वव्यापीकरण गर्न लागेको जानकारी दिएका छन् । इन्द्रजात्रा पर्व सञ्चालनका लागि जानकारी दिन बुधबार काठमाडौं महानगरपालिकाले काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मेयर शाहले त्यसका लागि विदेशी पाहुनाहरूलाई बोलाउन लागिएको जानकारी गराए ।

विदेशी पाहुनाहरूलाई स्थानीय सरकारको साथै संघ सरकारको तर्फबाट पनि बोलाइएको उनले बताए ।

८ दिनसम्म चल्ने इन्द्रजात्रा पर्सी शुक्रबारदेखि सुरु हुन लागेको छ । काठमाडौं र यस आसपासका क्षेत्रमा लागि मात्रै नभएर देशैभर यसको महत्व फैलियोस् भन्ने चाहना रहेको उनले बताए ।

उनले भने, ‘हाम्रो देशको सौन्दर्य भनेकै मूर्त र अमूर्त सम्पदाहरू हुन् । हाम्रो देश पर्यटनको क्षेत्रमा धेरै अघि बढाउन सम्पदा संरक्षण गर्न सक्यौँ भने मात्र पनि हामीले पर्यटनलाई धेरै माथि लान सक्छौँ । हाम्रो राम्रो पक्ष के छ भने हाम्रा जात्रा पर्वहरू आफैँमा एउटा पूजाआजा मात्र नभएर मनोरञ्जनसँग पनि जोडिएको, उत्साह उमंगसँग पनि जोडिएकाले पनि त्यससँग पनि यसलाई जोड्दै जानुपर्छ ।’

उनले काठमाडौं भक्तपुर र ललितपुरमा रहेका जात्राहरूको छुट्टाछुट्टै महत्व रहेको बताउँदै सबैलाई छुट्टाछुट्टै तरिकाले जोगाउँदै जानुपर्ने उल्लेख गरे । यस्तै उपप्रमुख सुनिता डंगोलले ४० वटाभन्दा बढी गुठीहरूसँग सहकार्य गरेर इन्द्रजात्रा मनाउन लागेको जानकारी दिइन् । उपप्रमुख डंगोलले इन्द्रजात्रालाई राष्ट्रिय र अन्तर्राष्ट्रियकरण गर्न आवश्यक रहेको बताएकी छन्।

बुधवार इन्द्रध्वजोत्थानसहित विधिवत इन्द्रजात्राको शुभारम्भ कार्यक्रममा सहभागी भएकी उपप्रमुख डंगोलले इन्द्रजात्रा विविधताले युक्त पर्व भएको उल्लेख गर्दै इन्द्रजात्रा देशभरको नै पर्व भएको बताइन्।

उनले इन्द्रजात्राका लागि भगिनी सम्बन्ध भएका देश र स्वदेशमा रहेका पालिकाहरुलाई बोलाइसकेको उल्लेख गर्दै बिहीवार अतिथिहरु आउने क्रम जारी रहने बताइन्। उहाँले कोरोना संक्रमण पुनः बढ्न थालेकोले महानगरले बोलाएका पाहुनाहरुमा कमी हुनसक्ने पनि उनको भनाइ छ।

इन्द्रध्वजोत्थनमा सहभागी स्थानीयहरुले यस वर्ष पर्यटकलाई जात्रा हेर्न सहजीकरण हुने बताए। उनीहरुका अनुसार इन्द्रजात्रामा इन्द्रजात्राका महत्वहरु उजागर गर्ने योजना रहेको पनि बताए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा