शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

जापान उडानः रित्तै जाने, रित्तै आउने


  • मंगलबार, असोज ७ २०७६
18.2K
SHARES

नेपाल एयसलाइन्स सीधै जापान उड्न थालेको छ । यसको व्यापारिक हालत भने पीडादायी छ । अर्थात्, वाइडबडी विमान रित्तैजस्तै जान्छ, रित्तैजस्तो आउँछ

अगस्ट २९ यता काठमाडौं–ओसाका–काठमाडौं १५ उडान भए । औसत यात्रु संख्या भने सिट क्षमताको १९ प्रतिशत मात्र छ । २७६ सिट क्षमताको वाइडबडी अगष्ट ३१ मा त काठमाडौँबाट १८ जना बोकेर उड्यो । ‘ओसाका सेक्टर अत्यधिक घाटाको उडान हो,’ नेपाल वायु सेवा निगमका उच्चअधिकारी भन्छन्,‘ भाडा, दूरी र खर्च हेर्दा यस रुटको अकुपेन्सी ८० प्रतिशतभन्दा माथि पुगेमात्र नाफामा जान्छ ।’

लामो गन्तव्य नपाएर एक वर्ष अलमलिएको वाइडबडी ओसाका उडाउने तयारी भइरहेको थियो । निगम दिवसमा प्रधानमन्त्री केपी शर्मा ओलीले भने,‘उडाउनुपथ्र्यो नारिता, उडान खोजिँदै छ ओसाका ।’

नारिता टोकियोसँगैको विमानस्थल हो । त्यहाँभन्दा टाढाको सहर ओसाकाबाट नेपाल आउने र यताबाट त्यहाँ जाने यात्रु कम हुन्छन् । त्यो जापानको क्षेत्रीय केन्द्र हो, जहाँ नेपालसँग हवाई व्यापार चम्किने कुनै साइनो छैन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा