काठमाडौँ महानगरको मेयर पदमा निर्वाचित भए पछि काठमाडौँ महानगरका नगर प्रमुख बालेन शाहले जनताले अनुभव गर्ने गरी काम थालेका छन् ।
पछिल्लो समय अनधिकृत रुपामा बनाइएका संरचना हटाएर चर्चामा रहेका नगर प्रमुख बालेनले असन क्षेत्रमा मन्दिर तथा सम्पदा क्षेत्रमा अवैध रूपमा सञ्चालन भइरहेको पसल हटाउने अभियान सुरु गरेका छन् ।
मापदण्ड विपरीत अनधिकृत रुपमा राखिएका डिजिटल होर्डिङ बोर्ड हटाइरहेको महानगरले सम्पदा तथा मन्दिर क्षेत्र ओगटेर सञ्चालन भइरहेका पसल हटाउन सुरु गरेको हो ।
काठमाडौं महानगरपालिका-२५ नम्बर वडा कार्यालयले एक सूचना जारी गर्दै इन्द्रचोकस्थित सन्तानेश्वर महादेव मन्दिर वरिपरिको खास्तो व्यापार, भेडा स्थित श्री भवानी शंकर मन्दिर क्षेत्रमा नौदेबल(माटोको भाँडा कुँडा)को लगायत अन्य व्यापार व्यवसाय हटाउन निर्देशन दिएको हो ।
वडा नम्बर २५ अध्यक्ष राजेश शाक्यका अनुसार असनस्थित ट्रान्सफर्मर मुनि, उमा शंकर मन्दिरको दायाँ-बायाँ(दूध डेरी)मा रहेका पसलहरु हटाउन निर्देशन दिएको हो ।
२४ घण्टा समय दिएर हामीले काठमाडौंको सौन्दर्यता, पर्यटन र ऐतिहासिक वस्तुलाई असर पर्ने व्यवसायहरु हटाउन निर्देशन दिएका उनले बताए । वडाध्यक्ष शाक्यले भने, ‘भोलिसम्म कुर्छौं उहाँहरुले हटाउनु भएन भने महानगर प्रहरी लगाएर हामी आफैं हटाउँछौं ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।