शनिबार, साउन ९ २०८३
ताजा अपडेट

बन्‍ने भो नागढुंगा सुरुङमार्ग, जापानी कम्पनीसँग ठेक्का सम्झौता


  • मंगलबार, असोज ७ २०७६
27.6K
SHARES

बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग निर्माणको ठेक्का सम्झौंता भएको छ । जापान सरकारको ऋण सहायतामा बन्न लागेको सो सुरुङ माग निर्माणको लागि सोमबार एक कार्यक्रमबीच नागढुंगा सुरुङमार्ग निर्माण परियोजना र जापानको ‘हाजमा अन्डो कर्पोरेशन’बीच ठेक्का सम्झौता भएको हो ।  ४२ महिना भित्र निर्माण सम्पन्‍न गर्ने गरी सुरुङ मार्गको ठेक्का सम्झौंता गरिएको सडक विभाग, वैदेशिक समन्वय महाशाखाका प्रमुख अर्जुनजंग थापाले जानकारी दिए। सुरुङ मार्गको लम्बाई २ दशमलव ६७ किलोमिटर छ । ठेक्का सम्झौतामा सुरुङ मार्ग निर्माणका लागि १३ अर्ब ५० करोड लाग्ने उल्लेख छ। जापान सरकारले ४० वर्ष भित्र तिर्ने गरी सुरुङ मार्गका लागि ० दशमलव ०१ प्रतिशत ब्याजदरमा ऋण सहायता उपलब्ध गराएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा