शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

गोकर्णेश्वरमा ट्रकको ठक्करबाट एकको मृत्यु


  • मंगलबार, असोज ७ २०७६
22K
SHARES

काठमाडौँको गोकर्णेश्वरमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ।

गोकर्णेश्वर नगरपालिका–३ सुन्ताखानमा मंगलबार बिहान बा ३ ख ३७०८ नम्बरको ट्रकको ठक्करबाट भारत घर भई गोकर्णेश्वर बस्ने राजु अहमदका दुई वर्षीय छोरा अरमानको मृत्यु भएको गोकर्णस्थित महानगरीय प्रहरी प्रभागका प्रहरी नायब निरीक्षक प्रभाकर पुडासैनीले जानकारी दिए।

ट्रकले किचेका बालक अरमानको घटनास्थलमा मृत्यु भएको थियो ।

ट्रकका चालक कृपाजित राई र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा