शनिबार, असोज १० २०८३
ताजा अपडेट

पल शाह कहिले छुट्लान् त ? आयो यस्तो नयाँ खबर !


  • बुधबार, भाद्र ८ २०७९
10.3K
SHARES

फाइल तस्विर

थुनामा रहेका चर्चित अभिनेता पल शाहको विषयमा नयाँ खबर आएको छ । ज ब र ज स्ती क रणीको मुद्धामा पुर्पक्षका लागि थुनामा रहेका शाहको पेसी मिति तोकिएको छ । नवलपुर जिल्ला अदालत र तनहुँ जिल्ला अदालत दुवैले पेशी तोकेको हो ।

नवलपुर जिल्ला अदालतले ८ भदौका लागि तथा तनहुँ जिल्ला अदालतले १५ भदौका गतेका लागि पेशी तोकेको हो ।

पुर्पक्षका लागि तनहुँ कारागारमा रहेका पलको मुद्दाको पेसी तोकिएको शाहको पक्षबाट वकालत गरिरहेका वरिष्ठ अधिवक्ता कमलमोहन वाग्लेले जानकारी दिए । उनका अनुसार पेशी तोकिएसँगै तनहुँ अदालतबाट अभिनेता शाहलाई बिना धरौटी छाड्ने, धरौटीमा छोड्ने वा थुनामै राख्ने भन्नेबारे फैसला आउन सक्ने आकलन गरिएको छ ।

गत ११ फागुनमा नावालिकमाथि पटकपटक ज ब रज स्ती क र णी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो । त्यसको ४ दिनपछि अभिनेता शाहले १५ फागुनमा जिल्ला प्रहरी कार्यालय, तनहुँमा पुगी आफै उपस्थित भएका थिए ।

अभिनेता शाहले आफू निर्दोष रहेको भन्दै थुना बाहिरबाटै मुद्दाको पु र्पक्ष गर्न पाउनुपर्ने माग राख्दै उच्च अदालत, पोखरामा निवेदन दिए पनि उच्च अदालतले भने उनको निवेदन अस्वीकृत गरिदिएको थियो ।

दुवै जिल्ला अदालतले पेशी तोकिएसँग उक्त मुद्दामा थुनामा रहेका शाह जेलमु क्त भएर मुद्दा लडने छन् वा थुनामा नै रहेर उक्त मुद्दा ल डने छन, त्यसको छिनोफानो अर्को साता हुनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा