शनिबार, असोज १० २०८३
ताजा अपडेट

हर्क साम्पाङ ब्याक नहुने देखिएपछि बालेनकी श्रीमती आइन मैदानमा, पहिलो बलमै भइन् आउट !


  • बिहिबार, भाद्र २ २०७९
402.9K
SHARES

फाइल तस्विर

काठमाडौँ । काठमाडौँको फोहोरको विषयमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ बिचको ब्याटलले नयाँ रूपमा लिएको छ ।

ब्याक टु ब्याक मेयर साम्पाङले बालेन माथि स्टाटसको वर्षा गराए पछि बालेनकी श्रीमती सविना काफ्लेले इन्ट्री गरेकी छिन् । काफ्लेको नयाँ इन्ट्रीसंगै बालेन र साम्पाङ बिचको ब्याटलले नयाँ रूप लिएको हो ।

बालेन र हर्कको जुहारी नयाँ क्याइमेक्समा पुगेको छ । बालेनकी श्रीमती सविना काफ्लेले हर्क साम्पाङलाई लक्षित गर्दै हाइकु लेखेकी छिन् ।

आफ्नो सामाजिक सञ्जाल फेसबुकमा बालेनकी श्रीमती सविना काफ्ले हर्क साम्पाङलाई लक्षित गर्दै हाइकु लेखेकी छिन् । उनले लेखेकी थिइन, ‘हलुको सोच, पखेटा भाको चिल गरुङ्गो ढुंगो ।’

यद्यपी काफ्ले पहिलो बलमै आउट भएकी छिन् । अर्थात उक्त स्टाटस एक मिनेटमै डिलिट गरिएको छ । स्टाटस डिलिट गरे पनि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले भने स्क्रिन सट गर्दै पोस्ट गर्न सुरु गरेका छन् ।

उनले पोस्ट गरेको हाइकु देख्ने बित्तिकै हर्क र बालेनको जुहारीमा उनको श्रीमतीको इन्ट्री भएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले कमेन्ट गर्न थालेका थिए । त्यस लगत्तै उनले आफ्नो वालबाट उक्त पोस्टलाई हटाएकी छिन् ।

सबैभन्दा पहिला काठमाडौँको फोहोरलाई लक्षित गर्दै हर्क साम्पाङले ‘जसले जे भनोस् तर म काठमाडौँ नगएको भए फोहोर उठ्ने थिएन रहेछ । कमसे कम काम त सुरु गरे ।’ भन्ने स्टाटस लेखका थिए । सो स्टाटसलाई बालनेले ‘हो नि, तपाई कै लौरो चुनाव चिह्न लिएर मैले चुनाव पनि त जितेको हो नि ।’ कमेन्ट गरेपछि सुरु भएको जुहारी थप उग्र बन्दै गएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा