शनिबार, असोज १० २०८३
ताजा अपडेट

बालेन र हर्कको ब्याटलका बिच धनगढीका स्वतन्त्र मेयर हमाल पनि आए मैदानमा, गरे सिरियस कुरा !


  • बिहिबार, भाद्र २ २०७९
17.6K
SHARES

फाइल तस्विर

पछिल्लो २४ घण्टा यता काठमाडौँका मेयर बालेन्द्र साह (बालेन) र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सर्वाधिक चर्चाका केन्द्र बनिरहेका छन् । काठमाडौँको फोहोर व्यवस्थापनलाई लिएर हर्क साम्पाङले लेखेको फेसबुक स्ट्याटसमा मेयर बालेनले जवाफ फर्काएपछि चर्चा चुलिएको हो ।

मेयर हर्क केही समयअघि काठमाडौँ आएका थिए । सामाजिक सञ्जालमा धेरै नै सक्रिय रहेका उनले काठमाडौँ आएसँगै यहाँको फोहोरको विषयलाई लिएर सामाजिक सञ्जालमा समय समयमा विभिन्न कुराहरू पोस्ट गरिरहेका थिए।

लामो समयदेखि विभिन्न विवाद र व्यवस्थापनमा कमीका कारण काठमाडौँ उपत्यकाको फोहोर उठ्न सकिरहेको थिएन । आइतबारबाट भने फोहोर व्यवस्थापनको काम पुनः सुरु भएको छ ।

यसैबिच बुधवार मेयर राईले सामाजिक सञ्जालमा आफू काठमाडौँ नगएको भए फोहोर नउठ्ने रहेछ भन्दै आफ्नो अफिसियल फेसबुकमा पोस्ट गरेका छन् । व्यङ्ग्यात्मक शैलीमा धरानका मेयर साम्पाङ लेखेका छन्, ‘जसले जे भनोस् तर म काठमाडौँ नगएको भए फोहोर उठ्ने थिएन रहेछ । कमसे कम काम त सुरु गरे ।’

साम्पाङले सामाजिक सञ्जालमा यस्तो पोस्ट गरेसँगै काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले पनि उनको कमेन्टमा व्यङ्ग्यात्मक शैलीमै जवाफ फर्काएका छन् ्। बालेनले कमेन्ट बक्समा चुनाव पनि राईले नै छानेको ‘लौरो’ चिह्न लिएर जितेको भन्दै प्रतिक्रिया दिएका छन् । बालेन लेखेका छन्, ‘हो नि, तपाई कै लौरो चुनाव चिह्न लिएर मैले चुनाव पनि त जितेको हो नि।’

यस्तै हर्कले बालनेलाई फेरि स्ट्याटसमार्फत कडा कडा प्रहार गरिरहेका छन् । बालेनले त्यस पछिका स्ट्याटसमा प्रतिक्रिया जनाएका छैनन् । राई र साह स्वतन्त्र उम्मेदवारका रूपमा लौरो चिन्हबाट गएको स्थानीय निर्वाचनमा मेयरमा निर्वाचित भएका थिए । दुई मेयरको ‘दोहोरी’मा प्रशंसक भने रमाइरहेका छन्। यसैबिच, बालेन र हर्कको ब्याटल चलिरहेकै बेला धनगढीका स्वतन्त्र मेयर गोपाल हमाल मैदानमा आएका छन् ।

उनले काठमाडौँ, धरान र धनगढीमा स्वतन्त्रहरूलाई देखिएको मुख्य चुनौतीलाई लिएर स्ट्याटस लेखेका छन् । उनले आफ्नो स्ट्याटस मार्फत गम्भीर कुरा उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘काठमाडौँमा फोहरको विषयमा राजनीति गरेर महानगरपालिकालाई असहयोग गर्नु , धरानमा कार्यालयमा तोडफोड गर्नु, धनगढी उप(महानगरपालिका वडा न. ७ देवरियामा सञ्चालित गौशालालाई व्यवस्थित गर्ने समुदायसंग साझेदारी गरेर योजना अगाडि बढे पछि राती नै गौशालाको तारवार काटिनु र गौशाला व्यवस्थापन कार्यमा अवरोध सिर्जना गर्नुका साथै कार्यपालिका बैठकमा राम्रो प्रस्ताव पारित गर्न नि असहज वातावरण बनाई असहयोग गर्नु । यो संयोग हो कि राजनीति योजना हो । यी सबै विषय धनगढी वासीलाई अवगत गराउँदै , सचेत हुन जानकारी गर्दछु ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा