शनिबार, असोज १० २०८३
ताजा अपडेट

देश दौडाहामा रहेका रबि लामिछानेले हेटौडामा गरे अर्को कमाल, ठुला नेताका लागि बोलेको एक वाक्यबाटै पाए झनै ठुलो समर्थन !


  • सोमबार, साउन ३० २०७९
13.2K
SHARES

फाइल तस्विर

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा घण्टी चिह्नको विकल्प मात्रै रहेको बताएका छन् । शुक्रवार हेटौंडामा राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको बागमती प्रदेश भेलालाई सम्बोधन गर्दै उनले वर्षौदेखि शासन गर्ने नेताहरूले देश लुटेको समेत आरोप लगाए ।

वागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले ठूला भनिएका दलका नेताहरूको परिवारवादी सोचको कारण देश विकास नभएको दाबी गरे । उनले भने, ‘अर्काको छोराछोरीलाई बन्दुक बोक्न लगाएर आफ्ना छोराछोरीले विदेशमा पढेर पास गरेको डिग्री फेसबुकमा पोष्ट गर्न लाज लाग्दैन र ?’

वागमती प्रदेशमा १८ जना के का लागिरु भन्दै उनले प्रश्नसमेत गरे । प्रदेशमा १८ जना मन्त्री बनाएर जनतालाई हिलो, धुँवा खुवाउँदै खाडल भएको सडकमा गुड्नको लागि मात्र १८ जना मन्त्री बनाएको हो रु प्रदेश सरकार राजनीतिक दलका आफ्ना र कार्यकर्ता भर्ती केन्द्र मात्र हुन् रु त्यसैले यो संरचनाबारे सोच्नुपर्ने समय आएको छ, रविले भने ।

देशमा नेताहरुले गरेको गलत कामको एक/एक हिसाब खोज्ने भन्दै लामिछानेले आउँदो निर्वाचनमा आफूहरु विजयी भए भ्रष्टाचारीको ठोगान लगाइने बताए ।

वागमती प्रदेश भेलाको लागि शुक्रबार बिहान हेटौँडा आएका लामिछानेको टिमले हेटौँडामा रहेको पशुपति मन्दिरको दर्शन गरेर घण्टी बजाउँदै हेटौँडा परिक्रमा गरेको थियो ।

यस्तै, अघिल्लाे शनिवार बुटवलमा आयोजित पार्टीको भेलालाई सम्बोधन गर्दै अध्यक्ष लामिछानेले ६/६ जना पूर्वप्रधानमन्त्रीले गर्व गर्न लायक कुनै काम नगरेको दाबी गरे । लुम्बिनी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले अब यस्ता काम नगर्ने पूर्वप्रधानमन्त्री र ठूला भनिएका पार्टीलाई जनताले चिन्ने बेला आएको बताए ।

उनले नेपाली मतदाता मासुभातमा बिक्छन भन्ने आरोप लाग्ने गरेकाले त्यसलाई यसपटक तोड्नुपर्ने बताए । ‘यसपाली चुनावका दिन एकादशी र आइतवार अर्थात् रबिवार परेको छ । मासुभातले समेत काम गर्ने छैन’, उनले भने, ‘आफैँ पढेको त्रिचन्द्र कलेजको दूरावस्था हुँदा पनि सुधार्न नसक्नेहरूले के गर्छन ?’ उनले ठूला पार्टीहरूले जनतालाई झुक्याइँ मात्रै राखेका दाबी गर्दै त्यस्ता झुटको पछि नलाग्न आग्रह गरे ।

उनले आफू नेतृत्वमा आएमा २४ सैं घण्टा नागरिकको समस्या सुन्ने संयन्त्र वातावरण बनाउने बाचा गरेका छन् । ‘भ्रष्टाचार हेर्न नसक्ने अख्तियार, भ्रष्टाचारीको फाइल हेर्न नमिल्ने न्यायालयको के काम’ भन्दै उनले जनताको असली शासन व्यवस्था आफूहरूले ल्याउने बताए ।

अध्यक्ष लामिछानेले अहिले जनताको समस्या सञ्चारमाध्यमले मात्रै उठाउनुपर्ने र सुन्ने प्रवृत्ति रहे पनि आफ्नो पार्टी सिंहदरबारले सुन्नुपर्छ भन्ने मान्यतामा रहेको बताए । उनले विदेशमा रहेका नेपालीहरूलाई समेत भोट हाल्ने अधिकार दिनुपर्ने बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा