शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

मापसे गरेर प्रहरीलाई अभद्र व्यवहार गर्ने दुईजना पक्राउ


  • सोमबार, असोज ६ २०७६
17K
SHARES

गोरखा ।

मादक पदार्थ सेवन गरी प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा जिल्लामा दुई जना पक्राउ परेका छन् । पालुङटार नगरपालिका–२ खोप्लाङका २७ वर्षका विकास भट्ट र २५ वर्षका भाष्कर पोखरेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

‘मापसे गरेर सवारी चलाउनुभएको रहेछ,’ प्रहरी निरीक्षक कमला नरालले भनिन्, ‘चेकजाँचको क्रममा सम्झाइ बुझाइ गर्दा ड्युटीमा खटिएको प्रहरी र ट्राफिकलाइ गाली गरेपछि नियन्त्रणमा लिएका हौं ।’

सदरमुकामको हरमटारीमा राति करिव नौ बजे उनीहरु चेकजाँचमा परेका थिए । मापसे गरेको भन्दै मोटरसाइकल छाडेर जान आग्रह गर्दा अटेर गर्दै उनीहरुले प्रहरीलाई दुर्ब्यवहार गरेपछि पक्राउ परेका हुन् । प्रहरी चौकी पुगेपछि पनि भट्टले प्रहरीमाथि अनावश्यक धम्की र गालीगलौज गरेको बताइएको छ । उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक नरालले बताइन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा