काठमाडौँ । सामाजिक संस्था नेपाल कोरिया कल्चर एक्सचेन्ज एन्ड सोशियल अर्गनाइजेसन (नेकोस) ले शनिवार भव्य रूपमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । विभिन्न सामाजिक कार्य गर्दै आएको नेकोसको यस पटकको स्वास्थ्य शिविर भने भव्य बनेको छ ।

बुढानीलकण्ठ नगरपालिकावासीलाई लक्षित गरी गरिएको स्वास्थ्य शिविर कार्यक्रममा स्थानीयहरूको भव्य उपस्थिति रह्यो । बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ८ स्थित सेन्ट जोन्स स्कुलमा गरिएको निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा वरिष्ठ चिकित्सकहरूले स्वास्थ्य चेकजाँच गरेका थिए ।

स्थानीयहरूको सबै किसिमको रोग सम्बन्धी स्वास्थ्य परीक्षण गरिएको थियो । वयस्क तथा बालबालिकाहरूको लागि भने मुटु सम्बन्धी परीक्षण र बाल रोगलाई बढी प्राथमिकता दिइएको नेकोसका सह-सचिव तथा कार्यक्रम संयोजक इन्द्र महराले केटिएम खबरलाई बताए ।

उक्त शिविरको प्राविधिक सहयोग ‘मुटु बचाऊँ नेपाल’ले उपलब्ध गरेका थिए भने व्यवस्थापन सेन्ट जोन्स स्कुलले गरेको थियो । कार्यक्रमको सह आयोजकको रूपमा शेयरिङ भिजन, फिलामेन्ट भोलिन्टेयर्स क्रप्स नेपाल र आराम फार्मेसी रहेको थियो ।

शिविरमा बिरामीहरूको स्वास्थ्य चेकजाँच विशेषज्ञ डाक्टरहरू प्रा. डा. अनिल भट्टराई, डा दिनेश प्रसाद कोइराला, उप प्रा.डा सूर्य देवकोटा, डा. रमेश लामिछाने,डा. सरोज कार्की, डा. सरोज चौधरी लगायतले गर्नुभएको थियो ।

शिविरमा ६०० जना भन्दा बढीको स्वास्थ्य परीक्षण गरे । यस्तै, ४ जनाको अवस्था गम्भीर देखिएकोले तुरुन्त उपचारको लागि सुझाव दिइएको थियो ।








फाेटाे: केटिएम खबर