शनिबार, असोज १० २०८३
ताजा अपडेट

दीक्षित र केसी खुलेरै उभिए ओलीको पक्षमा, देशभरका एमाले नेता कार्यकर्तामा छायो अर्को खुसीयाली !


  • आइतबार, साउन २२ २०७९
11.3K
SHARES

फाइल तस्विर

काठमाडौँ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस, जसपा देखी राष्ट्रिय जनमोर्चा समेत गठबन्धन गरेर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका विरुद्ध मोर्चा बन्दी गरिरहेका बेला नागरिक समाजका हस्तीहरू एमालेको पक्षमा उभिएका छन् ।

गठबन्धन गरेर कुनै एउटा अमुक दललाई हराउने भन्ने कुरा लोकतन्त्रमा जायज नभएको भन्दै नागरिक समाजका अगुवा वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दीक्षित र राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी जस्ता व्यक्तिहरू एमालेको पक्षमा उभिएका छन् ।

राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा गठबन्धन गरेर जानु भनेको सिद्धान्तहीन हुने बताएका छन् । पाँच दलीय गठबन्धनले एमाले र केपी ओलीलाई हराउने मात्रै उद्देश्य राखेको उनको टिप्पणी थियो ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै केसीले अहिले केपी ओलीले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता समाप्त गर्न खोजेको भनेर अनावश्यक हल्ला चलाइएको गुनासो पोखे । उनले निर्वाचन घोषणा भएको भन्दै खुशी व्यक्त गरे । उनले भने,‘चुनाव समयमै हुन्छ कि हुँदैन भन्ने आशङ्का थियो ।

माओवादीका कतिपय नेताहरूले चुनाव फागुनमा गर्नेजस्तो कुरा गरेका थिए । चुनावबारे एकखालको अन्योल थियो । प्रचण्डले मङ्सिर ४ गते नै चुनाव हुन्छ भनेर भनेका थिए । नेपालका नेताहरू भर लाग्दा छैनन् । खेलखाल, जालझेल गर्छन कि भन्ने थियो । तर, चुनावको मिति घोषणा भयो ।’

उनले यो बीचमा गठबन्धनवालाहरूले एमाले अध्यक्ष ओलीले गणतन्त्रका उपलब्ध सिद्ध्याउँछन् र उनको राजासँग साँठगाँठ छ भनेको पनि स्मरण गराए । उनले भने,‘अहिले गणतन्त्र छ, संघीयता छ, धर्मनिरपेक्षता छ, समावेशी–समानुपातिक एजेण्डा, यी जम्मै केपी ओलीले खान्छन् भन्ने खालको भाष्य जोडिएको थियो । तर, म भन्छु की प्रतिगमन भन्ने बस्तु शेरबहादुर देउवाले गरेको हो । देउवाले संसद् विघटनको लागि राजा ज्ञानेन्द्रकोमा विन्ती गरेका थिए । अदालतले पनि हाउस विघटन गर्न भनेको थियो । त्यो बेला संवैधानिक व्यवस्था धरापमा पार्ने काम भएको थियो ।’

नागरिक समाजका अगुवा डा। सुन्दरमणि दीक्षितले नेपालको रोग भनेको नै भ्रष्टाचार भएको बताएका छन् । उनले अहिले नै निर्वाचनको बारेमा विश्लेषण गर्न नसकिने पनि बताए । उनले भने,‘नेपाली भूमि आजको होइन । यो त पुण्य भूमि हो । ऋषिमुनीहरुको भूमि हो । सबै कुरा भएको देश हो । अहिले नेपाल सिद्धान्त र धर्मविहीन भएको अवस्था छ । यसै गरी अघि बढ्यौँ भने अब यो कुहिएको अवस्था हुनेछ ।’

दीक्षितले सबै दलले आफ्नो एजेण्डा लिएर जनताको बीचमा जानुपर्नेमा जोड दिए । उनले आगामी निर्वाचनमा पाँच दलीय गठबन्धन कायम रहने कुराप्रति टिप्पणी गर्दै भने,‘कहीँ माओवादी र विपीको सिद्धान्त मिल्छ रु कुन नाक र मुखले अहिलेको गठबन्धनले यो काम गरिरहेको छ रु यिनीहरूमा लाचारीपन छ, एक्लै जित्न सक्दिनँ भनेर उनीहरुले गठबन्धन गरेका हुन् । प्रचण्ड भन्छन्–देउवा नजिताएसम्म म जित्दिनँ ।

माओवादी सेकेण्ड पार्टी हुनैपर्छ पनि भन्छन् । यो त गैरसिद्धान्तवादी कुरा हो । लोकतन्त्रमा यस्तो पनि हुन्छ रु गठबन्धन के को लागि, यिनीहरू प्रधानमन्त्री बन्नको लागि रु लुट मच्चाउनको लागि रु नेपाली जनताले गठबन्धन बनाएर आउनेलाई हराउनुपर्छ । कुनै पनि हालतमा जिताउनुहुँदैन । जिताए भनेदेखि यो मुलुकको राम्रो हुनेवाला छैन ।’

वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले पनि जनताले अब सक्षम र योग्य उम्मेदवारलाई निर्वाचित गर्नुपर्ने बेला आएको भन्दै यो अवसरलाई सही सदुपयोग गर्न आग्रह गरेका छन् ।

उनले २०४६ सालदेखि अहिलेसम्म सत्तामा आएकाहरूको सम्पत्ति जाँचबुझ गर्नुपर्ने पनि माग गरे । उनले भने,‘यसको लागि ट्रुथ कमिसन बनाउनुपर्छ । नेपालको लोकतन्त्र यस्तो लोकतन्त्र हो, जहाँ नीतिगत भ्रष्टाचार हुन्छ । स्टेटले आफै करप्सन गर्न थालेपछि कसरी देश बन्छ ?


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा