शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

अर्थमन्त्रीमा फर्कंदै जनार्दन शर्मा, आजै शपथको तयारी


  • आइतबार, साउन १५ २०७९
12.1K
SHARES

फाइल तस्विर

अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्त हुने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै अर्थमन्त्री नियुक्त गर्न सिफारिस गरेका छन् ।

उनलाई आजै शपथ ग्रहण गराउने तयारी छ । माओवादी अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले शर्माले आजै साँझ अर्थमन्त्रीको रुपमा शपथ ग्रहण गर्ने कार्यक्रम छ ।

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई करको दर हेरफेर गरेको आरोप लागेपछि उनले गत असार २२ गते राजीनामा दिएका थिए । तर यसबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले बजेट निर्माणको क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको प्रतिवेदन गत शुक्रबार बुझाएको थियो ।

संसदीय छानबिनले उनीमाथिका आरोपमा सफाइ दिएपछि शर्मालाई पुनः अर्थमन्त्री बनाउन लागिएको हो । स्रोतका अनुसार त्यस बेला नै शर्माले निर्दोष सावित भए अर्थमन्त्रीमा पुनः नियुक्त गर्ने सर्तमा राजीनामा दिएका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा