आज बिहान आज बिहान खोटाङ केन्द्र भएर गएको भूकम्पले छिमेकी जिल्ला भोजपुरको टक्सारमा घर भत्काएको समाचार सार्वजनिक भएको छ ।
भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बिहान गएको भूकम्पले भोजपुरस्थित टक्सारमा रहेको केही घरमा क्षति पुर्याएको विवरण प्राप्त भएको बताए।
खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईले भूकम्पबाट साकेलाका केही घर चर्केको जानकारी दिएका छन् । केही घर चर्केको तर मानविय क्षति नभएको बताईएको छ ।
केन्द्रका अनुसार खोटाङको साकेला गाउँपालिका-५ मात्तिम बिर्ता आसपासलाई केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प गएको हो । केन्द्रकी प्रमुख मोनिका झाले यो खोटाङको मात्तिम बिर्ता केन्द्रविन्दु भएर ६ म्याग्निट्युडको भूकम्प गएको बताइन् ।
प्रमुख झाका अनुसार यो गोरखा भूकम्पको पराकम्पन नभई छुट्टै भूकम्प हो । खोटाङ र त्यस आसपासका जिल्लाका साथै काठमाडौं उपत्यकामासम्म भूकम्पको धक्का महसुस भएको थियो। क्षतिको विवरण अझै आइनसकेको जनाएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।