शनिबार, साउन ९ २०८३
ताजा अपडेट

मंसिर ४ गते पनि नहुने भयो चुनाव, देउवाले गरे नयाँ मिति प्रस्ताव !


  • आइतबार, साउन १५ २०७९
8.3K
SHARES

फाइल तस्विर

काठमाडौं – आगामी मंसिर ४ गते संघ र प्रदेशको चुनाव नहुने भएकाे छ । निर्वाचन आयोग, राजनीतिक दल र प्रधानमन्त्रीका ज्योतिषले समय मंसिर ४ मा चुनाव गर्दा राम्रो हुने ठोकुवा गरेका थिए । तर उक्त मितिमा चुनाव गर्न प्रधानमन्त्री शेरबहादुर देउवा तयार नभएको देखिएको छ ।

प्रधानमन्त्री देउवाले आयोगको तयारीका लागि एक सय २० दिन राखेर मिति तोक्न लागेका छन् । त्यसैअनुसार मंसिर १० गतेका लागि मिति तोक्ने तयारी भइरहेको बालुवाटारबाट सूचना बाहिरिएको छ ।

यसअघि देउवाका ज्योतिषले ३० कात्तिक, २, ४, ८ र १० मंसिरमा चुनाव गर्न उपयुक्त दिन रहेको स‍ुझाव दिएका थिए । मंसिर प्रधानमन्त्रीका लागि लक्की महिना पनि हो । ७ मंसिरमा औँसी परेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवानिकट एक मन्त्रीले भने, ’गठबन्धनका शीर्ष नेताहरूले केही दिन पर्खन आग्रह गरेका छन्, अब अर्को सातासम्म मिति घोषणा भइसक्छ।’

यसअघि निर्वाचन आयोगले आगामी मंसिर २ गते आम निर्वाचनका लागि सरकारलाई सिफारिस गरेको थियो । सरकारले चुनावको मितिभन्दा १२० दिन अगावै मन्त्रिपषिदबाट निर्णय गर्नुपर्ने आयोगको सुझाव छ।

आयोगले सरकारलाई गरेको सिफारिसमा भनिएको छ, ‘निर्वाचन आयोग ऐन २०७३ को दफा ३ को उपदाफ १, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६ को उपदफा १ र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६ को उपदफा १ बमोजिम प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन सम्बत २०७९ साल मंसिर २ गते शुक्रबार एकै चरणमा सम्पन्न गर्नेगरी निर्वाचनको मिति तोक्न नेपाल सरकारलाई परामर्श दिने।’

निर्वाचनको मिति निर्वाचन आयोगको सिफारिसमा सरकारले तोक्ने कानुनी व्यवस्था छ । निर्वाचन आयोग स्रोतका अनुसार आयोग पदाधिकारीले १२० दिन तयारीको समय पुग्ने गरी मिति घोषणा गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा