काठमाडाैँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विदेशीलाई नागरिकता दिएर नेपालीलाई अल्पमतमा पार्ने षड्यन्त्र भइरहेको भन्दै गर्जिएका छन् ।
गठबन्धनका सबै काममा सहि थप्न नसकिने समेत केसीले स्पष्ट पारे । नेता केसीले भने, “प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गरे, राष्ट्रिय जनमोर्चाले सही थाप्यो देउवा अझै पनि एसपीपीको समर्थन गर्ने दाउमा छन् । तर त्यसलाई नेपाली जनताले समर्थन गर्नेवाला छैनन् । विदेशीलाई नागरिकता दिएर नेपालीलाई अल्पमतमा पार्ने षड्यन्त्रको हामीले भण्डाफोर गरेका छौं । आमालाई पोइला लगाएर जारी बुझेर खान्छ र राष्ट्रिय जनमोर्चाले ?”
राष्ट्रिय जनमोर्चाले सरकारलाई दिएको समर्थन किन फिर्ता नलिएको भन्ने पत्रकार धमलाको प्रश्नमा केसीले भने, ‘सरकारलाई दिएको समर्थन फिर्ता गर्दैमा राष्ट्रियता बच्छ ? मुलुकमा सरकार चाहिँदैन ? बिनासरकार मुलुक चल्छ रु केपी ओलीले हामीले दिएको समर्थन खौलामा लगेर फाले । संविधान च्यातचुत पारे, दुई-दुईचोटि संसद् भंग गरे । राष्ट्रघात त शेरबहादुर देउवाले मात्र होइन, राणाकालदेखि नै गरेका छन् ।’
अमेरिकाले एसपीपीका निम्ति टुप्पीदेखि पैतालासम्मको बल लगाएको पनि राजमो अध्यक्ष केसीको आरोप छ ।
उनले भने, ‘अमेरिकी साम्राज्यवाद मानवजातिकै दुश्मन हो । उसको कालो कर्तुत जनतालाई राम्ररी थाहा छ । अमेरिका नेपाललाई चीनविरोधी रणनीतिक मैदान बनाउनका लागि टुप्पीदेखि पैतालासम्मको बल लगाइरहेको छ । अहिले डोनाल्ड लु एसपीपीकै लागि आएका हुन् । नेपाली जनताले एक दिन त्यसको हिसाबकिताब गर्छन् ।’
तत्काल कम्युनिस्ट गठबन्धन हुने सम्भावना पनि केसीले अस्वीकार गरे । उनले भने, ‘कम्युनिस्ट भए न एक हुन्थे । कम्युनिस्टको खोल ओडेर मुलुक लुट्न पल्केकाहरु किन एक हुन्छन् ?’ आगामी निर्वाचनमा आफ्नो पार्टी गठबन्धन नभए एक्लै पनि जान तयार भएको उनले बताए ।