शनिबार, असोज १० २०८३
ताजा अपडेट

रबि लामिछाने उठ्ने क्षेत्रबाट अर्का चर्चित व्यक्तिले गरे चुनाव लड्ने घोषणा !


  • शुक्रबार, साउन १३ २०७९
12.9K
SHARES

फाइल तस्विर

काठमाडाैँ । पत्रकार खेम भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछाने निर्वाचन लड्ने क्षेत्रबाटै उम्मेदवारी दिने घोषणा गरेका छन्। भण्डारीले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै रवि लामिछाने उठ्ने क्षेत्रबाट सङ्घीय चुनाव लड्ने बताएका हुन्।

‘अन्ततः रवि लामिछानेविरुद्ध सङ्घीय चुनाउ लड्ने निर्णयमा पुगियो। नेपालको जुन निर्वाचन क्षेत्रमा रवि लडे पनि मेरो उम्मेदवारी रहन्छ’ उनले लेखेका छन्।

बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्यामा ‘भिआइपी’ को हात रहेको बताउँदै आएका भण्डारीले रवि लामिछानेले ती भिआइपीलाई बचाउन खोजेको आरोप लगाएका छन्।

उनले आफ्नो चुनावी एजेन्डा नै निर्मला हत्याको विषय बनाएका छन्।

हालै राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गरेका लामिछाने सो दलका सभापति हुन् भने न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्व अध्यक्ष भण्डारी माधव नेपाल नेतृत्वको नेकपा ९एकीकृत समाजवादी० मा आबद्ध छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा