शनिबार, असोज १० २०८३
ताजा अपडेट

बञ्चरेडाँडाबाट आयो बालेन शाहका लागि अर्को नसोचेको दुःखद खबर !


  • बिहिबार, साउन १२ २०७९
14.8K
SHARES

फाइल तस्विर

काठमाडौँ -काठमाडौँ उपत्यकाको चुनौतीको रूपमा रहेको फोहोर व्यवस्थापन गर्न लागिपरेका बालेन शाहका लागि बन्चरेडाडाबाट दु:खद खबर आएको छ।

बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै बञ्चरेडाँडा सङ्घर्ष समितिले आगामी भदौ १ देखि काठमाडौँ उपत्यकाको फोहोर यहाँ फाल्न नदिने घोषणा गरेपछि बालेनले दु:खद खबर सुन्नु परेको हो।

यसअघिका सहमति कार्यान्वयन नगरेर सिंहदरबार र बागदरबारले षड्यन्त्र गरेकाले अब सदाका लागि फोहोर विसर्जन कार्य अन्त्य गर्न लागिएको समितिका संयोजक श्रीराम ढुङ्गानाले पत्रकार सम्मेलन मार्फत बताएका हुन् ।

बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै बञ्चरेडाँडा सङ्घर्ष समितिले भदौ १ देखि सदाका लागि फोहोर विसर्जन अन्त्य गर्ने घोषणा गरेपछि फोहोर व्यवस्थापनमा थप जटिलता सिर्जना हुने निश्चित भएको छ ।

उपत्यकामा १२ दिन अघिदेखि फोहोर उठ्न सकेको छैन।

अब आउने दिनमा यो वा त्यो बहानामा हामीले उहाँहरूलाई छुट दिन सक्ने अवस्था छैन। उपत्यकाभित्र यो र अन्य नगरपालिकाका अधिकारीलाई हामी के भन्छौँ भने तपाईँहरूको सत्ताका लागि, तपाईँहरूको विरासतका लागि, तपाईँहरूको अभीष्ट पूरा गर्नका लागि त्यस क्षेत्रका लाखौँ जनतालाई अब फोहोरमैलाको बलिदेवीमा चढाएर समाप्त गर्न सकिँदैन,’ ढुङ्गानाले भनेका छन् ।

नुवाकोट र धादिङका जनताले कुनै अवरोध नगरे पनि पछिल्लो १० दिनदेखि माफियाका नाइकेहरूका कारण काठमाडौँको फोहोर नउठेको उनको आरोप छ।

समितिले मानव बस्तीरहित ल्यान्डफिल साइट विकास क्षेत्र वा फोहोरमैला प्रदूषणरहित मानव बस्ती विकास क्षेत्रमध्ये एउटा रोज्न सरकारलाई विकल्पसमेत दिएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा