काठमाडौँ – संयुक्त राज्य अमेरिकाका सहायक विदेश मन्त्री डोनाल्ड लु खतरनाक प्लान खुसुक्क नेपाल आउने भएका छन् । उनी बिहीबार दिउसो काठमाडौँ आइपुग्ने भएका हुन् ।
स्रोतका अनुसार लु बिहीबार दिउँसो काठमाडौं आइपुग्ने कार्यक्रम छ । उनी भोलि नै एउटा अवार्ड वितरण कार्यक्रममा सहभागी हुनेछन् ।
लुको काठमाडौं भ्रमणबारे परराष्ट्र मन्त्रालय र काठमाडौंस्थित अमेरिकी दूतावासले औपचारिक जानकारी दिएका छैनन्। काठमाडौंमा रहँदा विदेश मन्त्री लुले को–कोसँग भेटघाट गर्नेछन् भन्ने खुलेको छैन।
नेपालमा अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) बारे बहस जारी रहेका बेला अमेरिकी उच्च अधिकारी काठमाडौं आउन लागेका हुन्।
लु यसअघि एमसीसी पारित हुनुभन्दा अघि गत मंसिरमा नेपाल आएका थिए। त्यतिबेला उनले नेपालमा महत्वपूर्ण राजनीतिक भेटघाट गरेका थिए। वासिङ्टन फर्केपछि पनि उनले प्रमुख दलका नेताहरूलाई फोन गरेका थिए।
मन्त्रिपरिषद्ले एसपिपीमा सहभागी नहुने पत्र पठाउने निर्णय गरिसके पनि अहिलेसम्म परराष्ट्र मन्त्रालय पत्राचार गरेको छैन। उनको मुख्य उद्येश्य एसपीपी सम्झौता लागु गराउन दवाव दिने रहेको बुझिएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।